निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी

निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्र्याईँ देखिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर  रहेको छ ।

सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले घटनासँग सम्बन्धित प्रमाण संकलणमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्र्याइँ भएका निष्कर्ष निकालेको छ ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना अनुसन्धानपछि तयार पारेको छानविन प्रतिवेदनमा निर्मलाको शव बरामद भएको स्थान, उनको साईकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र सामग्रीहरु प्राप्त भएके स्थान तथा आसपास क्षेत्रका अपराधी पहिचानका लागि सहयोग हुनसक्ने गरी तालिम प्राप्त कुकुर प्रयोग नभएको, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी ले शव फेला परेको स्थान वरिपरि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था नगरेको उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.