२५ जेठ , काठमाण्डौ।

चीनका राष्ट्रपति सी जिनपिंग ७ वर्षपछि उत्तर कोरियाको भ्रमणमा छन् । उनको यो भ्रमण कयौं संदर्भमा निकै महत्वपूर्ण छ । सन २०१९ पछि उनी पहिलो पटक उत्तर कोरिया पुगेका हुन् । सामान्यतया चिनियाँ राष्ट्रपति सी निकै कम विदेश यात्रामा निस्किने गरेका छन्, यस्तोमा उनले उत्तर कोरिया भ्रमणलाई प्राथमिकता दिदाँ यो भ्रमण कति महत्वपूर्ण छ, त्यसबाट पनि बुझ्न सकिन्छ ।

सी प्योंगयांग पुग्नुमा विश्लेषकहरुले विभिन्न अर्थहरु लगाएका छन् । एउटा कारण त उनले आफ्नो छिमेकीसंग सम्बन्ध बलियो बनाइरहन पनि यो भ्रमण गरेका हुन्, जुन छिमेकी परमाणु सम्पन्न मानिन्छ, शक्तिशाली हतियार विस्तार गरिरहेको छ, दक्षिण कोरिया, जापानसहित अमेरिकाप्रति आक्रामक रुप देखाउँछ र रुससंग सैन्य सम्झौता पनि गरेर बसेको छ ।

सीको यो भ्रमण एकातिर अमेरिका–जापानमाथि दबाब बढाउन अर्कातिर रुसमाथि लगाम कस्न पनि हुन सक्ने संकेत देखिएको छ । केही साता अघि मात्रै सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनमै स्वागत गरिसकेको अवस्थामा अहिले उनको उत्तर कोरियाको भ्रमण थप अर्थपूर्ण बनेको छ।

सन २०२२ मा यूक्रेन युद्ध शुरू भएपछि उत्तर कोरियाले रूसलाई हतियार, गोला–बारूद र सैनिक पठाएको थियो । यसको बदलामा रूसबाट उत्तर कोरियाले अर्बौ डलर र हतियारहरुको पनि एडभांस प्रविधि पायो । यसअघि चीन नै उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक र रणनीतिक साझेदार थियो, तर यूक्रेन युद्धपछि त्यो अवस्था बदलियो ।

अहिले रूसले तीव्ररुपमा त्यो भूमिका निभाइरहेको छ । र चीनले कहीँ न कहीँ यो अवस्थामा आफ्नो प्रासंगिकता प्रमाणित गर्न चाहेको छ । सी जिनपिंगले यो यात्राका माध्यमले उत्तर कोरियालाई स्मरण गराउन चाहान्छन् कि पारंपरिक मित्रता अहिले पनि चीनका साथ नै छ । सीले रोडोंग सिनमुन अखबारमा लेखेका छन् कि दुवै देशका बीच रगतले बनेको मित्रता समयको चक्रमा खरो उत्रिएको छ ।

उनले दुवै देशका बीचमा पार्टी, सरकार र सेनाको स्तरमा थप धेरै संपर्क बढाउनु पर्ने कुरा पनि गरेका छन् । चीनले उत्तर कोरियालाई थप आर्थिक सहायता दिएर रुसको प्रभाव कम गर्ने प्रयास गर्न सक्छ । उत्तर कोरियाको अर्थव्यवस्था पहिलादेखि नै चीनमा निकै निर्भर रहँदै आएको थियो । चीन यो निर्भरतालाई कायम राख्न चाहान्छ ।

यही कारण हो कि आफ्नो सीमित विदेश यात्रामा सीले यो यात्रालाई प्राथमिकतामा राखे । चीनको विदेश मंत्रालयकी प्रवक्ता माओ निंगले शुक्रवार प्रेस कन्फ्रेंसमा भनेकी थिइन् कि राष्ट्रपति सी जिनपिंगको उत्तर कोरिया यात्रा दुवै देशका बीचमा सम्बन्धलाई थप बलियो बनाउने राम्रो अवसर हो ।

माओ निंगले भनिन्, यो यात्रा दुवै पक्षका लागि समय अनुसार द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने अवसर हो । यो वर्ष चीन र उत्तर कोरियाबीच मित्रता, सहयोग र आपसी सहायता संधिको ६५औं वर्षगाँठ पनि हो । यो संधि चीनको कुनै पनि देशका साथमा भएको औपचारिक रक्षा सम्झौता पनि हो ।

यद्यपि, उत्तर कोरियाले जून २०२४ मा रूसका साथ पनि यस्तै प्रकारको सुरक्षा संधिमा हस्ताक्षर गरेको छ, जसले उसको चीनमाथिको निर्भरता कम हुनसक्छ । यस्तोमा विशेषज्ञहरुको भनाइ छ कि रूस र उत्तर कोरियाका बीच बढ्दो सुरक्षा सम्बन्धले चीनलाई चिंतित पारेको हुनसक्छ, किनभने यसले उसको सीमानामा जियो पोलिटिकल जोखिम बढ्न सक्छ ।

चीन र रूस दुवैले हालै जारी गरेको संयुक्त बयानमा भनेका छन् कि उनीहरु उत्तर कोरियाको सुरक्षालाई कूटनीतिक अलगाव, आर्थिक प्रतिबंध र सैन्य दबावबाट बचाउने पक्षमा छन् । दुवै देशले कोरियाली प्रायद्वीपका मुद्दाहरु समाधान गर्न मिलेर काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

सीले हालै उनको २०१९को उत्तर कोरिया यात्रा स्मरण गर्दै भनेका थिए, सो क्रममा उनी जहाँ पनि गए चीन र उत्तर कोरियाबीच परिवार जस्तै घनिष्ठ सम्बन्ध महसूस गरेका थिए । विगत सम्झदै गरेको सीको यो यात्राले ती सबै समीकरण समेटेको छ, जसमध्ये उत्तर कोरियाको दौडमा हानिएको रूसी घोडाको लगाम लगाउनु पनि एक हो ।

यस्तै परमाणु मुद्दा पनि यात्राको महत्वपूर्ण पक्ष हो । किनभने उत्तर कोरियाले लगातार आफ्नो परमाणु कार्यक्रम बढाइरहेको छ । हालै किम जोंग उनले आफ्नो नयाँ यूरेनियम एनरिचमेंट सेंटरको भ्रमण गरेका थिए । र उनकी बहिनी किम यो जोंगले परमाणु निरस्त्रीकरण गर्नु पर्ने अमेरिकाको मागलाई पुरानो र अव्यावहारिक भन्दै स्पष्ट पारेकी थिइन् कि उत्तर कोरियाले यस्तो केही पनि गर्ने वाला छैन ।

यता चीन पनि के चाहादैन भने, उत्तर कोरियाले रूसबाट थप धेरै एडभांस मिसाइल वा परमाणु प्रविधि हालिस गरोस् भन्ने चीन चाहादैन । किनभने उत्तर कोरिया अनियंत्रित र अति आक्रामक छ, यस्तोमा उ बलियो बन्दा कोरियाली प्रायद्वीपमा संतुलन बिग्रन सक्छ, जुन चीनको पनि हितमा छैन । क्षेत्रीय सुरक्षाका हिसाबले पनि यो भ्रमण महत्वपूर्ण छ ।

चीन, उत्तर कोरिया र रूसका बीच बढ्दो निकटता अमेरिका र उसका सहयोगीहरुको चिन्ताको विषय हो । हालै बेजिंगबाट आएको सी, किम र पुटिनको तस्वीरले विश्वभर चर्चा बटुलेको थियो । चीनले यो त्रिकोणलाई पनि बलियो भएको देखाउन चाहान्छ, तर साथै उत्तर कोरियालाई रूसतर्फ पूरै झुकाव राख्नबाट रोक्न पनि चाहान्छ ।

उता दक्षिण कोरियाले के विश्वास लिएको छ भने, सीले उत्तर कोरियामा केही नियन्त्रण राख्नेछन् । सीको यो भ्रमणले चीनको तीन ठूला चिन्ताहरुलाई दर्शाउँछ, जसमा एउटा, रूसको बढ्दो प्रभाव रोक्नु, उत्तर कोरियाको परमाणु कार्यक्रममा नजर राख्नु र पूर्वी एशियामा आफ्नो रणनीतिक नियंत्रण कायम राख्नु ।

यो यात्रा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रयास गर्ने मात्रै नभई बदलियो वैश्विक समीकरणहरुमा चीनको डिप्लोमेसीको प्रमाण पनि हो । उता चीन र रुसजस्ता देशहरुको पूर्ण र निकटको सम्बन्धले उत्तर कोरिया आफूमाथि हावि हुने चिन्ता छिमेकी दक्षिण कोरियादेखि, जापान हुँदै अमेरिकासम्मलाई थपिएको छ ।

जहाँ अमेरिकाले उत्तर कोरियालाई भएभरको प्रतिबन्ध लगाएको छ र परमाणु कार्यक्रम बन्द गर्न दबाब दिइरहेको छ, यता चीन र रुसका राष्ट्रहरुको उत्तर कोरिया भ्रमण, उनीहरुबीच सैन्य सम्झौता, किमको पनि रुस र चीनको भ्रमणले अमेरिकालाई थप दबाब बढाइनै रहेको प्रष्ट हुन्छ ।

यसबीच प्योङयाङ विमानस्थलमा किम जोङ उन र उनकी पत्नी री सोल जु स्वयं उपस्थित भएर सिको स्वागत गरेका थिए । सीको साथमा पत्नी फेङ लियुआन पनि गएकी हुन् । सीको स्वागतमा राजधानी प्योङयाङका सडकहरू चिनियाँ झण्डाले सजाइएका थिए भने केही स्थानमा सी जिनपिङका विशाल तस्बिरहरू पनि राखिएका छन् ।

यो भ्रमण सन २०१९ यता सी जिनपिङको पहिलो उत्तर कोरिया भ्रमण हो । साथै यो उनको यस वर्षको पहिलो विदेश भ्रमणसमेत हो । केही साताअघि सिले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै आतिथ्यता दिएका थिए ।

विश्लेषकहरूका अनुसार चीनले आफूलाई विश्व राजनीतिमा प्रभावशाली शक्ति र मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका बेला यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमलाई पठाएको सन्देशमा सी जिनपिङले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता समय र अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनसँगै अझ मजबुत बनेको बताएका छन् ।

हालका वर्षहरूमा उत्तर कोरिया र रुसबीच सम्बन्ध नजिकिँदै गए पनि चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक सहयोगी र कूटनीतिक साझेदार रहेको सन्देश दिन बेइजिङले यो भ्रमणलाई उपयोग गरेको विश्लेषण गरिएको छ। यस्तै चीनले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर लामो समयदेखि सावधानी अपनाउँदै आएको छ ।

यस्तो कार्यक्रमले क्षेत्रीय अस्थिरता बढाउन सक्ने र अमेरिकाको सैन्य ध्यान पूर्वी एसियातर्फ केन्द्रित गराउन सक्ने चिनियाँ चिन्ता रहँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्।

आफ्नो पहिलो कार्यकालमा उनले किम जोङ उनसँग तीनपटक भेटवार्ता गरेका थिए । गत वर्ष किम जोङ उनले अमेरिका आणविक निःशस्त्रीकरणको मागबाट पछि हटे पुनः ट्रम्पसँग वार्ताका लागि तयार रहेको संकेत दिएका थिए । गत मे महिनामा बेइजिङमा भएको ट्रम्प–सी जिनपिङ भेटवार्तामा पनि कोरियाली प्रायद्वीपको अवस्थाबारे छलफल भएको थियो ।

यसबारे आफ्ना टिप्पणी अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Scroll to Top