अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

२७ जेठ , काठमाण्डौ।

इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा शक्तिशाली हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन् । हिजो होर्मुज नजिकै अमेरिकी अपाचे सैन्य लडाकु विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसपछि रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाले इरानमाथि विमान खसालेको आरोप लगाएको छ ।

ट्रम्पको आदेशपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार ईएसटी समय अनुसार अपरान्ह ५ बजेदेखि इरानका विभिन्न ठेगानामा हमला सुरु गरेको हो । सेन्टकमले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही इरानको बिनासित्तिको आक्रामक व्यवहारविरुद्ध चालिएको कदम भएको बताएको छ ।

आक्रमणपछि पर्सियन खाडी र स्ट्रेट अफ होर्मुजको तटीय क्षेत्रमा ठुला विस्फोटहरू भएका छन् । इरानको ड्रोन आक्रमणको शिकार भएको अमेरिकी आपाचे हेलिकप्टरमा सवार दुई चालक दलका सदस्यलाई भने सुरक्षित उद्धार गरिएको छ । अमेरिकी सैन्य इतिहासमा पहिलो पटक यस प्रकारको उद्धार कार्यमा अत्याधुनिक समुद्री ड्रोनको प्रयोग गरिएको सार्वजनिक रूपमा पुष्टि गरिएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै दुवै पाइलट सुरक्षित र सकुशल रहेको जानकारी दिएका छन् । उनले थपेका छन्, ‘त्यसका बाबजुद पनि संयुक्त राज्य अमेरिकाले यस आक्रमणको उचित जवाफ दिनु आवश्यक थियो।’ अमेरिकी अधिकारीहरूका अनुसार इरानले ड्रोनमार्फत हेलिकप्टरमाथि आक्रमण गरेको भए पनि त्यो जानाजानी गरिएको थियो वा थिएन भन्नेबारे अझै स्पष्ट भइसकेको छैन ।

अर्कोतर्फ, इरानी सञ्चारमाध्यमहरूले घटनाको पुष्टि गरे पनि अर्ध–सरकारी समाचार एजेन्सी मेहरले हेलिकप्टर खसालेको जिम्मेवारी इरानले नलिएको दाबी गरेको छ । अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार अमेरिकाको नयाँ आक्रमण विशेष गरी इरानको रक्षा र राडार प्रणालीमा केन्द्रित रहेको छ ।

इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केशम र सिरिक लगायतका पर्सियन खाडीका तटीय क्षेत्रहरूमा ठुला विस्फोटका आवाजहरू सुनिएको बताएका छन् । एबीसी न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले यस आक्रमणको सम्पूर्ण दोष इरानमाथि नै थोपरेका छन् ।

उनले भनेका छन्, ‘यो उनीहरूले हिजो राति हाम्रो हेलिकप्टरमाथि गरेको हर्कतको जवाफ हो, र मलाई लाग्छ यो प्रतिक्रिया निकै कडा र शक्तिशाली हुनुपथ्र्यो, जुन अहिले भइरहेको छ।’ वासिङ्टनमा अमेरिकी हाउसका सभामुख माइक जोन्सनले ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय लिँदा आफू सोही कोठामा उपस्थित रहेको खुलाएका छन्।

उनले रिपब्लिकन पार्टीको तर्फबाट बोल्दै यो कदम चालिनु दुःखद तर आवश्यक भइसकेको बताए । यस आक्रमणको लगत्तै इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले इरानले कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई नछोड्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्, ‘रणभूमिमा पराजय भोगे पनि अमेरिकाले हाम्रो दृढताको परीक्षा लिने प्रयास ग¥यो। यदि सुरक्षित रहन चाहन्छौ भने हाम्रो क्षेत्र छोडेर जाऊ।’ यसअघि नै अराघचीले इरानको सिमाना नजिक रहेका विदेशी सेनाहरू आफ्नै मानवीय त्रुटि, दुर्घटना वा क्रसफायरका कारण सधैँ जोखिममा रहने भन्दै जोखिम कम गर्ने उत्तम उपाय उनीहरू यहाँबाट बाहिरिनु नै भएको उल्लेख गरेका थिए ।

मंगलबार ट्रम्पको बयान आउनु केही मिनेट अगाडि मात्रै वासिङ्टनसँगको शान्ति वार्तामा इरानका मुख्य वार्ताकार मोहम्मद बकर कलिबाफले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए । उनले लेखेका थिए, ‘हामी कूटनीतिको भाषा रुचाउँछौँ, तर हामी अन्य भाषाहरू पनि बढी धाराप्रवाह रूपमा बोल्न सक्छौँ। आफ्नो प्रतिबद्धता तोड्यौ भने हामी त्यही भाषामा ओर्लिनेछौँ जुन हामी सबैभन्दा राम्रोसँग बोल्छौँ। तिमीले त्यही घोडा चढ्ने हो जुन तिमीले कसेका थियौ।’

यो सैन्य तनाव यस्तो समयमा सुरु भएको हो जब इजरायली सेनाले मंगलबार दक्षिणी लेबनानमा व्यापक आक्रमण गरिरहेको थियो। तेहरानले इजरायलले दक्षिणी लेबनानमा आक्रमण गरेमा त्यसको बदलामा अर्को चरणको जवाफी हमला सुरु गर्ने चेतावनी दिइसकेको थियो ।

गत सप्ताहान्तमा अप्रिलको युद्धविराम यता पहिलो पटक इजरायल र इरानबिच सिधा गोलाबारी भएपछि दुवै देशले आक्रमण रोकेका थिए । ट्रम्पले क्षेत्रमा जारी युद्ध अन्त्यका लागि वासिङ्टन र तेहरानबिच भइरहेको वार्तालाई प्रभावित नगर्न दुवै देशलाई तुरुन्त ‘सुटिङ’ बन्द गर्न सार्वजनिक रूपमा आग्रह गरेका थिए ।

उनले इजरायल र इरान दुवै तत्काल युद्धविरामको पक्षमा भए पनि अज्ञानता वा मूर्खता शान्तिको बाधक बन्न सक्ने बताएका थिए। उनले पत्रकारहरूसँग कुरा गर्दै आफूहरू निकै राम्रो सम्झौताको अन्तिम चरणमा पुगेको र यो दुई वा तीन दिनभित्रै पूरा भई स्ट्रेट अफ होर्मुज तत्काल खुल्ने दाबी गरेका थिए ।

यसैबिच, सेन्टकमले सोमबार साँझ आपाचे हेलिकप्टरका दुई सदस्यको उद्धार गरिएको विस्तृत विवरण सार्वजनिक गरेको छ । उद्धार कार्यको नेतृत्व अमेरिकी नौसेना बल सेन्ट्रल कमाण्ड र ८२ औँ एयरबोर्न डिभिजनले गरेका थिए, जसमा अमेरिकी वायुसेना र नौसेनाका एकाइहरू तथा अमेरिकी पाँचौँ फ्लिटको टास्क फोर्स ५९ ले सहयोग गरेका थिए।

बहराइनमा आधारित टास्क फोर्स ५९ को एउटा मानवरहित समुद्री ड्रोनले ती सैनिकहरूलाई पानीबाट उद्धार गरी अर्को सुरक्षित स्थानमा पु¥याएको र त्यहाँबाट उनीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित गन्तव्यमा लगिएको प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

यता अमेरिकाले हर्मुज आसपासका इरानी भूभागमा आक्रमण गरेपछि इरानले पनि त्यसको जबाफ दिएको छ । इरानले बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा ’फिफ्थ फ्लिट’ मा ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।

फिफ्थ फ्लिट मध्यपूर्वमा अमेरिकी नौसेनाको कमान्ड सेन्टर हो। यहाँ करिब ९ हजार अमेरिकी सैनिक रहेको बताइन्छ । गएराति इरानले फिफ्थ फ्लिट, जोर्डनको सैन्य अड्डा लगायत विभिन्न ठाउँका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर २१ पटक ड्रोन हमला गरिएको दाबी गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले भने इरानको उक्त दाबी झुठो भएको बताएको छ । फिफ्थ फ्लिटमा भने सम्भावित ड्रोन हमलाका कारण साइरन बजेको र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले अमेरिकाले फेरि हमला गरे त्यसको जबाफ अझै शक्तिशाली हुने चेतावनी दिएको छ ।

उसले अहिले गरेको आक्रमणबाट क्षति भयो कि भएन भन्ने चाहिँ खुलेको छैन । मंगलबार साँझ अमेरिकाले हर्मुज आसपास इरानी टापुमा गरेको हमलामा भने केही क्षति भएको बताइएको छ । तनाव जारी रहँदा दुई–देशबीच युद्धविराम संवेदनशील बन्दै गएको छ भने हर्मुजमा कच्चा तेल र प्राकृतिक ग्यास बोकेका जहाजहरूको निर्वाध आवतजावत प्रभावित भएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top