हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

२६ जेठ ८३, बुधबार

२७ जेठ , काठमाण्डौ।

पौराणिक कथाहरुमा अप्सराहरुको हनीट्रयापका धेरै प्रसंगहरु सुन्न पाइन्छन । जस्को माया जालमा ऋषिमुनी तपस्वीहरु परेपछि उनीहरुको तपस्या मात्र भंग हुदैन थियो । उनीहरुको सत्य निष्ठा, इमान्दारी, प्रण र कठोर तप पनि डगमगाउने गरेको थियो । यो शैली सत्य,त्रेता,द्धापर हुँदै अब कलियुगमा पनि आइपुगेको छ ।

नेपालमा झनै यसका अनेक रुपका चर्तिकला सुन्न र देख्न पाइन थालेको छ । २०७९ सालदेखि नेपाली समाजमा मौलाएको यही अपराध हो – हनीट्रयाप । अनुचित लाभ लिन विशेषत महिलाहरुको सक्रियतामा अघि बढेको यो अपराधको पछिल्लो पात्र बनेकी छिन टिकटकर तुलसा भनिने तुल्सी अधिकारी । ललितपुर जिल्ला अदालतले यिनै तुल्सालाई आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

तुलसाको फसाउने पारा बेजोड नै देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन् । सुन्दर मुहार, मीठो बोलीबचन र लोभलाग्दो हाउभाउ तुल्साको हतियार हुन । यही हतियार प्रयोग गर्दा उनी करोडौंको मालिक बनिन । लोभी र लालची पुरुषलाई फसाउन उनले सामाजिक सञ्जाललाई माध्यम बनाइन । जसमार्फत धेरै पुरुषहरु उनको जालमा फसे ।

तर पाप धुरी चढेर कराउछ भन्ने उक्ति ठ्याक्कै उनको जीवनमा मेल खान पुगेको छ । अहिले तुल्सा पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा छिन । अब उनको हकमा हुने अन्तिम आदेशले उनको भाग्य र भविष्य तय गर्नेछ । हालसम्म हनीट्रयाप प्रकरणमा भएका फैसलामा एकरुपता छैन ।

तर पनि मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को धरातलमा नै टेकेर यस्तो प्रकरणमा फैसला हुँदै आएका छन् । मुलुकी अपराध संहिता २०७४ को दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पु¥याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ ।

दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पु¥याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । २५३ (ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिबाना र उल्लेखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ ।

यही सेरोफेरोमा हुने फैसलामा टिकटकर तुल्सा अधिकारीको अपराध या आरोपमा कुन दफा आकर्षित हुन्छ यो न्यायालयको नै विषय हो । कानून व्यवसायी तथा कानूनका जानकारहरु अदालतमा विचाराधीन मुद्दामा अहिले नै बोल्न हतार हुने बताउछन् । तर केही बर्ष नेपालको सामाजिक सञ्जालमा राम्रैसँग राज गरेकी तुल्साको भविष्य अब केही दिन भित्र हुने फैसलामा निर्भर हुनेछ । जुन अहिले अनुसन्धानको क्रममा छ ।

नेपालमा मुद्दा परेपछि चीन पुगेकी तुल्सा अधिकारी पछिल्लो समय थाइल्याण्डमा थिइन । चीन र थाइल्याण्डमा रहदा पनि टिकटकमार्फत नेपालको कानूनलाई चुनौती दिदै आएकी तुलसालाई गत जेठ १७ गते थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याइएको हो । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको हो ।

सामाजिक सञ्जालमार्फत बिभिन्न प्रलोभन तथा डर त्रासमा पारेर करोडपति बनेकी तुलसाविरुद्ध सरकारी वकिल कार्यालयले २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो माग दाबी गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अधिकारीविरुद्ध ललितपुरका व्यवसायी एवं उनका पूर्व प्रेमी शंकर चिमोरियाले प्रहरीमा उजुरी दिएका थिए ।

उनले विभिन्न बहानामा तुलसाले आफुबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए । प्रहरीले अदालत पुर्याएको यो मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । तुल्सा कलेक्सन प्रालिमार्पmत बिभिन्न धन्दा चलाउँदै आएकी सञ्चालक अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएपछि उनी फरार थिइन ।

चिमोरियाले आफुलाई तुल्साले बलात्कार मुद्दामा फसाउँछु भन्दै त्रासमा पारेर रकम लिने गरेको आरोप लगाएका छन् । प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको कसुरमा तुल्सामाथि छानविन अघि बढाउँदा उनको बैंक खातामा अकुत र अस्वाभाविक सम्पत्तिको कारोबार भएको भेटेपछि सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

प्रहरीका एक अधिकृतले उनको खातामा २२ करोडसम्मको कारोबार भएको बताएका छन् । तर तुल्साले भने यो सबै आफ्नो पवित्र पौरख र तुलसा कलेक्सनको कमाई भएको दावी गर्दै आएकी छिन् । प्रहरीले तुलसाको यो घटनालाई ‘हनी ट्रयाप ’ प्रकृतिको अपराधका रूपमा व्याख्या गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल घर भएकी ३२ वर्षीया अधिकारीलाई यस मुद्दाको मुख्य प्रतिवादी बनाइदा अभियोगपत्रमा निलिका (नेलिका) लामिछाने, मुकेश कुमार धानुका, दिलकुमारी लिम्बू र अशोककुमार अग्रवाललगायतको समेत संलग्नता रहेको जिकिर गरिएको छ ।

यद्धपि यसै मुद्दामा प्रतिवादी बनाइएकी २८ वर्षीया नेलिका लामिछानेलाई भने प्रहरीले यसअघि पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ । अन्य प्रतिवादीहरूमा मुकेश कुमार धानुका, दिलकुमारी लिम्बु, अशोककुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, ‘कानो मामा’ भनिने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि तथा एक फरार व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय अधिकारी आफ्ना भिडियोमार्फत विभिन्न व्यक्तिहरुविरुद्ध आक्रामक अभिव्यक्ति दिने, अपशब्द तथा अश्लील हर्कत प्रयोग गर्ने तथा व्यक्तिगत विषय सार्वजनिक रूपमा उठाउने गरेकोले आलोचना र चर्चाको केन्द्रमा पर्दै आएकी थिइन ।

तर अब के हनीट्रयाप प्रकरणमा महिलालाई मात्र दोष दिएर उम्कने ठाउँ छ त ? महिलाले यस्तो मायाजाल अर्थात हनीट्रयापमा पार्न सक्ने पुरुष भनेको महिलाप्रतिको आशक्तिमा डुबेका नै हुन्छन । जसलाई न घर परिवारप्रतिको दायित्वले बाध्न सक्छ नत आफुले कमाएको सम्पत्तिको रक्षाको लोभ नै हुन्छ ।

महिलाले मन दिए आफ्नो धन दिन पछि नपर्ने पुरुषहरु नै तुल्साहरुको मायाजालमा फस्ने हो । २०७९ सालदेखि अहिलेसम्म भएका यस्ता प्रकृतिका १७ डरलाग्दा घटनामा पीडित पुरुष नै छन । जसको घरबार मात्र उजाडिएको छैन । केहीले अनाहकमा ज्यान पनि गुमाएका छन् ।

पछिल्लो पटक तुल्सा अधिकारीमा आइपुग्दा हनीट्रयाप प्रकरणले निकै गम्भीर मोड लिएको छ । समाजका पात्रहरु नै सचेत बन्नु पर्ने यस्ता घटना दोहोरिन नदिन समाजकै भूमिका प्रमुख हुन्छ । जस्ले फेरि पनि देशमा तुल्सा र चिमोरिया जस्ता पात्रहरुको पुनरावृत्ति नहोस् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top