student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

२८ जेठ ८३, शुक्रबार

२९ जेठ , काठमाण्डौ।

के ज्ञान र साधनाको केन्द्र मानिने हाम्रा शैक्षिक संस्थाहरू नै नक्कली कागजात खरिद–बिक्री गर्ने थलोमा रूपान्तरण हुँदैछन? आज यो प्रश्न केवल आशङ्का मात्र नरही सिंहदरबारभित्रै हलचल पैदा गर्ने एउटा गम्भीर कूटनीतिक र सुरक्षा चुनौतीका रूपमा सतहमा आएको छ ।

स्टुडेन्ट भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने र शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने राज्यको नीतिमाथि अहिले एउटा ठुलो प्रहार भएको छ ।

काठमाडौँको प्रख्यात र ऐतिहासिक शैक्षिक संस्था, वाल्मीकि विद्यापीठको नाम प्रयोग गरेर विदेशी नागरिकका लागि जारी गरिएका ’एकेडेमिक अध्ययन भिसा’ सिफारिसहरूमा व्यापक अनियमितता, किर्ते जालसाजी र गम्भीर बदमासी भएको तथ्य फेला परेको छ।

प्रारम्भिक रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरिएका कागजातहरू हेर्दा सबै प्रक्रिया सङ्गतिपूर्ण देखिएका थिए। तर, जब मन्त्रालयको एउटा उच्चस्तरीय टोलीले शङ्काको आधारमा उक्त शैक्षिक संस्थामा पुगेर स्थलगत अनुगमन ग¥यो, तब त्यहाँको वास्तविक दृश्यले सरकारी अधिकारीहरू नै छाँगाबाट खसे जस्तै भए।

कागजातमा जुन व्यक्तिको नाममा लाखौँको आम्दानी रसिद काटिएको थियो, जुन व्यक्तिको नाममा ’भर्ना भएर नियमित अध्ययन गरिरहेको’ दाबी गरिएको थियो कि ती व्यक्ति त सम्बन्धित कलेजको कक्षाकोठामा कहिल्यै उभिएकै थिएनन्।

अर्थात्, कागजमा विद्यार्थी, तर व्यवहारमा उनीहरूको पहिचान र गतिविधि पूर्ण रूपमा शङ्कास्पद !मन्त्रालयको छानबिनले कलेजका केही अधिकारी र बिचौलियाहरूको मिलेमतोमा नक्कली रसिद र किर्ते पत्रहरू खडा गरेर विदेशी नागरिकलाई नेपालमा टिकाइराख्ने प्रपञ्च रचिएको निष्कर्ष निकालेको छ।

यति मात्र नभई, यसअघि पनि सोही विद्यापीठको नामबाट मन्त्रालयमा पठाइएका अन्य पत्रहरू समेत पूर्ण रूपमा नक्कली र जाली रहेको पाइएपछि यो प्रकरणले झन् ठुलो रूप लिएको छ। यस घटनाको गम्भीर्यतालाई बुझ्दै शिक्षा मन्त्रालयले तत्कालै एउटा कडा कदम चालेको छ ।

मन्त्रालयले ती शङ्कास्पद व्यक्तिहरूका नाममा जारी गरिएका सम्पूर्ण अध्ययन भिसा सिफारिस पत्रहरूलाई तत्काल प्रभावबाट खारेज गरिदिएको छ । यस ’किर्ते धन्दा’को चुरो सम्म पुग्न, यसमा संलग्न कलेज प्रशासनका कर्मचारी, बिचौलिया र ती नक्कली विद्यार्थी भनिएका विदेशी नागरिकमाथि फौजदारी कानुनअनुसार विस्तृत अनुसन्धान र कारबाही अघि बढाउन शिक्षा मन्त्रालयले आजै गृह मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ।

अध्यागमन विभाग गृह मन्त्रालय मातहत रहने र राष्ट्रिय सुरक्षाको पाटो गृहसँग जोडिने भएकाले अब यो विषय सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो वा सम्बन्धित सुरक्षा निकायको टेबुलमा पुगेको छ।विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शङ्का उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गरिएको हो ।

शिक्षा मन्त्रालयका अनुसार काठमाण्डौको वाल्मीकि विद्यापीठको नामबाट ‘एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा’ विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो । तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीका नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असङ्गति फेला परेको जनाएको छ ।

अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दाबी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ । साथै मन्त्रालयमा पेस गरिएका केही कागजात र रसिदसमेत शङ्कास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसै क्रममा मन्त्रालयले त्यही विद्यापीठका नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको जनाएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेस गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएका सिफारिस पत्रसमेत खारेज गरिएको छ ।

नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, अध्ययन तथा शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाइन्छ । अध्यागमन विभागले अध्ययन भिसा सिफारिस गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, नेपाल सरकारका विभिन्न निकायले भिसा वा वैदेशिक अध्ययनसम्बन्धी कुनै पनि प्रक्रियामा गलत, भ्रामक वा नक्कली कागजात पेस गरेमा कानुनी कारबाही हुनसक्ने भन्दै समय समयमा सचेत गराउँदै आएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top