बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

२८ जेठ ८३, शुक्रबार

२९ जेठ , काठमाण्डौ।

यतिबेला एउटा निकै नै स्तब्ध बनाउने खबर काभ्रेबाट आएको छ। हामी यहाँहरु माँझ यही दुखद दुर्घटनाको खबरका साथमा उपस्थित भएका छौ। बीपी राजमार्गमा एउटा ठूलो दुर्घटना भएको छ, जसले पूरै क्षेत्रलाई अहिले स्तब्ध बनाएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा अचानक दुर्घटनामा परेको छ। यो भयानक दुर्घटनामा परी ७ जनाको घटनास्थलमै ज्यान गइसकेको छ।

घटनास्थलको दृश्य हेर्दा जो कोहीको पनि आङ सिरिङ्ग हुन्छ । गाडी सडकबाट तल खस्ने बित्तिकै त्यहाँ ठूलो चित्कार सुनिएको स्थानियको भनाई छ । प्रहरी र स्थानीय टोली पुग्दा दृश्य एकदमै दर्दनाक थियो। प्रहरीले घटनास्थलबाट तुरुन्तै शवहरू संकलन गर्न सुरु गरेको थियो।

सुरुमा बसको अवस्था र मानिसहरूको क्रन्दन हेरेर निकै ठूलो संख्यामा हताहती भएको आशंका गरिएको थियो। तर, अहिलेसम्म आधिकारिक रूपमा ७ जना यात्रुको दुःखद निधन भएको पुष्टि काभ्रे प्रहरीले गरेको छ। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ।

दुर्घटना हुनासाथ स्थानीयबासीहरू आफ्नो ज्यानको पर्वाह नगरी भिरमा ओर्लिएका थिए। बसभित्र र आसपास छरिएर रहेका १५ जना घाइतेहरूलाई रक्ताम्मे र अर्धचेत अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई एम्बुलेन्स र स्थानीय गाडीहरूमा हालेर तुरुन्तै नजिकैको अस्पतालतर्फ कुदाइएको छ।

घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको बताइएको छ।काभ्रेका डीएसपी रविन बिष्टको कमाण्डमा प्रहरी टोली र स्थानीयबासी मैदानमा छन ।घटनाको संवेदनशीलतालाई हेर्दै काभ्रेका डीएसपी रविन बिष्ट आफैं उद्धार टोलीको नेतृत्व गर्दै घटनास्थलमा खटिएका छन्।

यो विषय प्रतिनिधिसभा बैठकमा समेत उठेको छ। सरकारलाई निरन्तर हुने दुर्घटनाको कारण र न्युनिकरणका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । हामी यस घटना बारे थप अपडेटका साथ उपस्थित हुनेनै छौ । नेपाल टाइम्स अनलाइन टेलिभिजनँ हेर्दै गर्नुहोला

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top