आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

३१ जेठ ८३, सोमबार

१ असार,काठमाण्डौ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै छन् । मन्त्री खनालले आज साँझ यीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको चीनस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिएका छन् । मन्त्री खनाल चारदिने भ्रमणका लागि शनिबार राति बेइजिङ गएका हुन् ।

आइतबार साँझ नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा मन्त्री खनालले नेपालीहरूसँग कुराकानी गरेका थिए । त्यसक्रममा मन्त्री खनालले चीनमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । मन्त्री खनालले चिनियाँ समकक्षीसँग बीआरआई परियोजनाको विषयमा पनि कुरा सक्ने संकेत गरेका थिए ।

Advertisement

उक्त अन्तरक्रियामा मन्त्री खनालले पर्यटन, व्यापार, पूर्वाधार र कनेक्टिभिटीलाई प्राथमिकता राखेर छलफल गर्ने बताएका थिए । वार्तामा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहयोग तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसअघि बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका अधिकारीले स्वागत गरेका थिए ।

खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखा प्रमुख भृगु ढुंगाना, कार्यवाहक राजदूत रोशन खनाल, उपसचिव मधुसूदन भट्टराईलगायत सहभागी छन् । परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो चीन भ्रमण हो । दक्षिणी छिमेकी भारतको भ्रमण सम्पन्न गरेको एक सातापछि उनी उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा पुगेका हुन् ।

Advertisement

दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले चीनसँग नेपालको दूरी टाढा नभएको उल्लेख गर्दै दुई देशको निकटतालाई नेपालको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘नेपाल र चीनबिचको दूरी धेरै छैन । बेइजिङबाट प्रत्यक्ष उडान नभए पनि ट्रान्जिटमार्फत ६–७ घण्टामै नेपाल पुग्न सकिन्छ ।  यो निकटता र हाम्रो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई हामीले नेपालको हितमा प्रयोग गर्नुपर्नेछ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसका लागि तपाईंहरू (चीनमा रहेका नेपाली समुदाय)को साथ चाहिएको छ ।’

सुशासन र आर्थिक विकासलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै देश एकै दिनमा बन्न नसक्ने पनि बताए । ‘जसरी रोम एकै दिनमा बनेको थिएन भनिन्छ, त्यसैगरी नेपाल पनि केही व्यक्तिले एकै दिनमा बनाउन सक्दैनन् । नेपालभित्र र बाहिर रहेका सबै नेपालीको प्रयासबाट मात्रै सम्भव छ,’ परराष्ट्रमन्त्री खनालले भने ।

भ्रष्टाचारको विरोध र निर्मूलीकरणको नारा आफूहरूले विगतमा लगाएको उल्लेख गर्दै खनालले भने, ‘हामीले पुराना र ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्छ भन्ने वाचा गरेका थियौँ । अहिले हाम्रो सरकार बनिसकेपछि बनेको एउटा कार्यदलले ०६३ पछिका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिनको प्रक्रिया अगाडि बढाएको छ ।’

उनले सरकारले दिने सार्वजनिक सेवा प्रवाह विनाझन्झट र सहज रूपमा नागरिकले प्राप्त गर्नुपर्ने कुरामा सरकारले प्राथमिकता दिएको पनि बताए । ‘यसका लागि हामीले डिजिटाइजेसन र प्रविधिको प्रयोगमा जोड दिएका छौँ,’ उनले भने । खनालले आफ्नो पेसागत संलग्नतामार्फत नेपालीले नेपालको चिनारी बढाएको बताए ।

‘आज चीन विश्वको जुन स्थानमा छ, यस्तो मुलुकमा आएर आफ्नो क्षमता, ज्ञान र सिपलाई तपाईंहरूले जसरी प्रयोग गरिरहनुभएको छ, त्यो आफैँमा पनि नेपालको प्रतिनिधित्व हो । यहाँहरूले आफ्नो पेसागत संलग्नतामार्फत चीन र विश्व समुदायलाई पु¥याइरहनुभएको योगदानले नेपाल र नेपालीको चिनारी बढाएको छ,’ उनले भने ।

चीनको औपचारिक भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् । उनले पुराना तथा ठूला भ्रष्टाचारका घटनाको छानबिन प्रक्रिया अगाडि बढाइएको दाबी गरेका हुन् ।

खनालले रास्वपा सरकारमा सहभागी भएपछि चुनावका बेला गरिएको सुशासनको प्रतिबद्धतालाई कार्यान्वयन गर्न थालिएको बताए । उनले २०६३ सालपछि भएका भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयको अध्ययन र छानबिनका लागि कार्यदल गठन गरिएको जानकारी दिए । मन्त्री खनालले भने, “हामीले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता गरेका थियौँ। सरकार गठनपछि त्यसअनुसार कार्यदल बनेको छ र प्रक्रिया अघि बढाइएको छ।”

लामो समयदेखि राज्य सञ्चालन गर्ने शक्तिहरूले प्रभावकारी शासन दिन नसकेको निष्कर्षका आधारमा आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई सरल, छिटो र झन्झटरहित बनाउन प्रविधिमैत्री शासन प्रणालीमा जोड दिइएको बताए।

विदेशमा रहेका नेपाली नागरिकको समस्या समाधानलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले विदेशमा समस्या परेमा उक्त एपमार्फत गुनासो दर्ता गर्न सकिने बताए ।

उनका अनुसार एपमार्फत प्राप्त गुनासोमा सम्बन्धित नेपाली दूतावाससँग तत्काल समन्वय गरेर समाधानको प्रक्रिया सुरु गरिनेछ । मन्त्री खनालले सरकारले परिणाममुखी ढंगले काम गरिरहेको दाबी गर्दै निकट भविष्यमा नागरिकले प्रत्यक्ष रूपमा परिवर्तन अनुभूति गर्ने अपेक्षा व्यक्त गरे ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top