स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

१ असार,काठमाण्डौ ।

फागुन २१ को निर्वाचनमा शर्मनाक हार्नु परेपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस त छँदैछ, उपाध्यक्ष विष्णु पौडेल अनि महासचिव शंकर पोखरेलहरू जोडतोडका साथ अध्यक्षबाट केपी शर्मा ओलीलाई पदमुक्त गर्न लागिरहेका छन्। निर्वाचनपछि पहिलो पटक जेठ ४ मा बसेको सचिवालय बैठकदेखि सार्वजनिक कार्यक्रमहरूमा पनि उनीहरूले अध्यक्ष ओलीलाई मार्गप्रसस्त गर्न भनिरहेका सुनिन्छन्।

उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पुनर्गठन कार्यादल नै बनेको छ, जसले कार्यकर्ताहरूको सुझाव संकलन गरिरहेको छ। अझ त्यसले पनि नपुगेर नेतृत्व परिवर्तनको लागि भन्दै विशेष महाधिवेशन गरिने अनि त्यसको लागि हस्ताक्षर संकलन गरिरहेको भन्ने समेतका चर्चाहरू सार्वजनिक भएका छन् ।

Advertisement

यसरी हेर्दा, एमालेभित्र नेतृत्व परिवर्तन त्यसमा पनि मुख्यतः अध्यक्ष ओलीलाई पदमुक्त गर्ने अभियान निकै तीब्रकासाथ चलिरहेको देखिन्छ। तर यसको अर्थ पार्टी फुट्ने भन्ने हैन। एमाले कार्यकर्ता तहमा पनि पार्टी फुटको कुनै गुञ्जायस छैन। तर अध्यक्ष ओली आफैंले यस विषयलाई पार्टीभित्र प्रवेश गराइदिए। अर्थात् ओलीले नै एमाले विभाजनको सन्देश दिए।

खासमा अध्यक्ष ओलीले बागमती प्रदेशका सीमित नेताहरूसँग उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी विभाजनको खेलमा रहेको आशंका सुनाएका छन्। उनले पार्टीभित्र पार्टी पुनगर्ठनको पक्षमा बोल्नेहरूलाई विभाजनको पक्षमा लागेको आरोप लगाए।

Advertisement

शनिबार बागमती प्रदेशमा पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम थियो। त्यही कार्यक्रमपछि एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका एमाले नेताहरूलाई उनले उक्त सन्देश दिए। नेताहरूको बिफ्रिङ सुनिसकेपछि अध्यक्ष ओली विष्णु पौडेल र शंकर पोखरेलप्रति आक्रामक सुनिए। एक नेता भन्छन्, ’महासचिव लोभी बनेको अध्यक्ष ओलीको निष्कर्ष थियो। पुनर्गठन अभियान चलाएर उपाध्यक्ष विष्णु पौडेलले पनि पाप गरिरहेको अध्यक्षले बताउनुभयो।’

ओली त्यतिमा मात्र रोकिएनन्, पदमा लोभिएर महासचिव पोखरेलले उपाध्यक्ष पौडेललाई साथ दिइरहेको बताउँदै यो अभियान निष्कर्षमा नपुग्ने सुनाए। ‘उनीहरू ९पौडेल–पोखरेल० जसरी हुन्छ मलाई गलहत्याउने, हटाइहाल्ने अभियानमा छन्। उनीहरूले पार्टी नै फुटाउन पनि सक्छन्  ,मलाई हटाउन त कारण चाहिएला निरु के कारणले हटाउने१ मैले के अपराध गरेको छु र हटाउने१,’ ओलीले भने।

सचिव महेश बस्नेतले बोलाएपछि बागमती प्रदेशको सुझाव संकलनमा रहेका नेताहरू गुण्डु गए। यसरी हेर्दा, ओलीले उनीहरूलाई बोलाएर पार्टी विभाजनमा पौडेल र पोखरेल सक्रिय रहेको सन्देश नियोजित रूपमै दिन चाहेको देखिन्छ। देशभर सुझाव संकलनमा लागेको एमालेभित्र पुनगर्ठनको पक्षमा धेरै उभिएका छन्।

उक्त सूचना पाएका ओलीले त्यसलाई विभाजित गर्न पनि अहिले विभाजनको कुरा उठाएको हुनसक्ने आंकलन छ। चुनावमा हार भएपनि ओली एमालेभित्र पार्टी पुनगर्ठनको विपक्षमा उभिएको देखिन्छ। विगतमा ओलीसँगै रहेका नेताहरू पौडेल, पोखरेलसहित ठूलो पंक्ति अहिले एमाले पुनगर्ठनको पक्षमा उभिए। त्यसरी अभियान चलेपछि ओली अहिले सचिवालयमा नै अल्पमतमा परेका छन्।

अध्यक्ष ओली यसरी सचिवालयमा अल्पमतमा परेको यो पहिलो पटक हो। ओली आफू अल्पमतमा परेपछि नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरण गर्ने निर्णयमा पुगेका थिए। भलै, त्यसमा सबै नेताहरूले सहमति जनाएका थिए। चुनावमा एमाले नराम्ररी पराजित भएपछि ओलीको विकल्प खोज्नुपर्ने सबै नेताहरूको निष्कर्ष छ। तर नेतृत्व छोड्ने पक्षमा ओली देखिंदैनन् ।

त्यहीकारण हुनुसक्छ, आफ्नो विकल्प खोज्ने पुनर्गठन अभियानको नेतृत्व गरिरहेका उपाध्यक्ष पौडेललाई ओलीले ’पापी’को संज्ञा दिएका छन्। भाद्र २३ र २४ को जेनजी आन्दोलनपछि उपाध्यक्ष विष्णु पौडेलले पार्टी, तत्कालीन सरकारको काम, नेतृत्वको बचाऊ र प्रतिरक्षामा एक शब्द पनि नखर्चेको, आफूले लेख्नुस् भनेर बारम्बार आग्रह गर्दा पनि सुनेको नसुन्यै गरेको, कतै नबोलेको र अहिले पुनर्गठनको नेतृत्व गरिरहेको उनको भनाई छ।

‘यसबीच न उहाँले पार्टीको पक्षमा, नेतृत्वको पक्षमा लेख्नुभयो। अहिले हटाउने रे१ जेनजीहरूले मेरो घर जलाए, सम्पत्ति आगो लगाए त्यसकारण त्यसको भागिदार मै हुनुपर्ने हो किरु कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो, फिर्ता ल्याउनुपर्छ भन्दैछु, यही भएर हटाउने रहेछ किरु के अपराध रहेछ त मलाई नहटाइ नहुनेरु,’ ओलीले भनेका थिए।

विष्णु पौडेल र शंकर पोखरेललाई लोभीपापी भन्दै उनीहरूले पार्टी फुटाउन सक्ने भएकाले सचेत रहनुपर्ने ओलीको निर्देशन रह्यो।ओलीले पार्टी फुट्न सक्ने भनेको सन्दर्भलाई लिएर महासचिव पोखरेलले सामाजिक सञ्जालमा टिप्प्णी गरेका छन्। ओलीलाई काउन्टर गर्दै पोखरेलले लेखे, ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्।’

ओलीलाई काउन्टर गरेर पोखरेलले स्टाटस लेखेपछि एमाले पंक्ति भने दुई खेमामा विभाजित भएको छ । ओलीको पक्ष र विपक्षमा उभिएको यो खेमा सामाजिक सञ्जालमा पनि पोखिन थालेको देखिन्छ । एमालेमा अहिले कि पुनर्गठन कि ओलीकै निरन्तरता भन्नेमा बहस छेडिएको देखिन्छ ।

तर दुवै पक्ष आफ्नो अडानमा टसकोमस देखिंदैनन्। ओली अहिले पोखरेल र पौडेललाई दबाबमा राखेर नेतृत्व नछोड्ने पक्षमा छन् । बरू नेतृत्व छोड्न परे पनि पोखरेल र पौडेललाई दिने पक्षमा भने छैनन। त्यसैले पनि अहिले पौडेल र पोखरेलविरुद्ध ओलीले अभिव्यक्ति दिएको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

खासमा अध्यक्ष ओली अहिले विद्यादेवी भण्डारी वा पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्ने मुडमा छन्। उनीहरूसँग सहकार्य गर्दा पौडेल र पोखरेल दुवै नेतृत्वमा नआउने ओलीको बुझाइ छ। तर पोखरेल र पौडेल भने प्रचण्डसँग एकता गर्न नहुने पक्षमा देखिन्छन्।

उनीहरूले सार्वजनिक रूपमा पनि अहिले एकता गर्ने बेला नभएको बताइरहेका छन्। त्यसो त केही दिनअघि ओली पहिलोटक चुनावपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका बेला पनि यही अडान राखेका थिए। उक्त कार्यक्रममा ओलीले आफूले नेतृत्व नछोड्ने अडान मात्र दोहो¥याएनन्, पार्टी पुनर्ठन गर्नेहरूप्रति आक्रमक देखिएका उनले कारबाहीको संकेत पनि गरे।

दायाँबायाँ विष्णु पौडेल, शंकर पोखरेल र योगेश भट्टराईलाई राखेर ओलीले कारबाहीको संकेत गरेका थिए । त्यसपछि भट्टराईले त सामाजिक सञ्जालमा टिप्पणी गर्दै कथा पोष्ट पनि गरे। त्यसैले पछिल्ला दिनमा ओली पार्टीभित्र आफ्नो विरुद्धको समूह बलियो बन्दै गएको बताइरहेका छन्।

तर बिडम्बना, अहिले एमालेभित्र ओलीको पक्षमा उपाध्यक्ष बादल, उपमहासचिव लेखराज भट्ट, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायतका नेताहरू मात्र छन्। त्यसमा पनि अहिले उनीहरूको आवाज एमालेमा मधुर सुनिन थालेको छ। हुन त यसको मूख्य कारणका रूपमा ओलीको आफ्नै हठ र अहंकार देखिन्छ।

२०८१ असार ३० मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदैगर्दा उनी आफैंले धेरै कुरा गुमाए र पार्टीलाई पनि क्षति गराए। पहिलोपटक ओली नेतृत्वमा आएदेखि पार्टीभित्रको संस्थागत लोकतन्त्र, वैचारिक बहस र सामूहिक निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्दै आएको छ। पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीले सूत्रपात गरेको जनताको बहुदलीय जनवाद ओझेलमा पारिएको छ।

सबैभन्दा पेचिलो मुद्दा भनेको ओली नेतृत्वमा हुँदा उनको राजनीतिक शैली सधैँ आदेशात्मक र व्यक्ति–केन्द्रित रह्यो, जसले कार्यकर्तामा उत्साह घट्यो। एमालेमा अघिल्लो महाधिवेशनपछि फरक मत राख्ने नेताहरू किनारामा परे। ओलीले दसौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका भीम रावललाई पार्टीबाटै निकालिदिए।

माधवकुमार नेपाल र पूर्वअध्यक्ष झलनाथ खनाल ओलीकै कारण बाहिरिन बाध्य भए। त्यसैले त, वामपन्थी शक्तिमध्येको एक मानिएको एमालेको चुनावी परिणाम लज्जास्पद रह्यो। एमालेले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४१ सिट र समानुपातिकतर्फ २८ लाख ल्याएको थियो।

अहिले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट जितेको एमालेले आफूलाई तेस्रो स्थानमा खुम्च्यायो। किनकी यसपटकको निर्वाचनमा ओलीसँग नेताहरू रूष्ट थिए। जेनजी आन्दोलनपछि क्रेज घटेका ओली पार्टीको महाधिवेशन गरेर तेस्रो पटक अध्यक्ष बनेका थिए। सुशीला कार्कीको सरकारलाई लल्कारिरहे।

बालेन शाह, रवि लामिछानेमाथि उनी कहिल्यै नरम सुनिएनन्, जसकारण बालेनसँग झापा–५ मा चुनावै हारे। पार्टी सत्तामा मात्र हैन, राज्यसत्तामा समेत जनविरोधी निर्णयहरू गर्दा ओली नेतृत्वको एमालेले शर्मनाक हार्नुपर्यो। संसदको सबैभन्दा ठूलो दल कांग्रेससँग मिलेर सरकार बनाएपछि ओलीविरूद्ध जनआक्रोश सुरू भइसकेको थियो। त्यसपछि पनि एकपछि अर्को गर्दै विवादित निर्णय गर्दा उनले समर्थन गुमाए।

कहिले कुलमान घिसिङ्गको बर्खास्ती त कहिले आफ्ना नेता लिलाबल्लब अधिकारीको मुद्दा फिर्ता जस्ता थुप्रै निर्णयले ओलीलाई आजको स्थितिमा पुर्याएको हो। भलै, अध्यक्ष ओलीलाई शक्तिशाली बनाएर एमालेलाई आजको स्थितिमा पुर्याउने चाहिं तिनै विष्णु पौडेल, शंकर पोखरेलहरू रहेको तथ्यहरूले देखाउँछ।

जो अहिले ओलीलाई पदबाट हटाउन सबैभन्दा अग्रस्थानमा छन्। जबकि भदौ २२ मा ललितपुरको गोदावरीमा सम्पन्न भएको दोस्रो विधान महाधिवेशनले अध्यक्ष ओलीलाई झनै शक्तिशाली बनाउने रणनीतिकार नेताहरू विष्णुप्रसाद पौडेल र शंकर पोखरेललगायत थिए।

त्यो नीति महाधिवेशनले नै बोलिसकेको थियो– आसन्न ११औँ महाधिवेशनले ओलीलाई चुन्ने प्रायःनिश्चित छ, उनी झनै शक्तिशाली बन्दै छन्। त्यहीकारण भृकुटीमण्डपमा भएको एमाले महाधिवेशनले ओलीलाई नेतृत्वमा तेस्रो कार्यकाल उभ्यायो। पार्टी रूपान्तरण र पुनर्गठनको आवाज उठाउँदै आएको ईश्वर पोखरेलको प्यानल कमजोर बन्यो।

यही मुद्दा उठाएका दुई नेताहरू गोकर्ण विष्ट र योगेश भट्टराई मात्रै विजयी बने। त्यसपछि ओली झन् सर्वशक्तिमान बन्दै गए। ओली शक्तिशाली हुँदा उनको मुद्दा र एजेन्डामा सही थाप्नेमा अहिले उनको विकल्प खोज्ने नेताहरू उपाध्यक्ष पौडेलदेखि महासचिव पोखरेलसम्म थिए। हिजो ओलीले जे–जे भन्थे, उनीहरू सही थापेर अघि बढ्थे। जसकारण पनि फागुन २१ को चुनावको नतिजा एमालेले पायो।

आज पार्टी रूपान्तरणको पक्षमा आवाज उठाउनेहरू हिजो विधान महाधिवेशनमा ओलीका गतिविधि गलत भए भन्दै न रोक्न खोजे, न नेतृत्व चुन्ने महाधिवेशनमा ओलीलाई सच्याउन प्रयत्न नै गरे। तर जब चुनावमा एमालेका पदाधिकारीदेखि अन्य सबैजसो भीआईपी नेताहरूको पराजय भयो, काठमाडौंमा एमालेको क्लीनशीप भयो, देशैभर एमालेले जम्मा ११ लाख बढी समानुपातिक मत ल्यायो, त्यसपछि मात्र नेतृत्व परिवर्तनको बहस सुरू भयो।

अनि त्यसपछि मात्रै पार्टीको इतर समूह मात्र हैन, अहिले ओली समूहभित्रै उनको विकल्प खोज्नुपर्ने आवाज सुनियो। ओलीको विकल्प खोज्ने आवाज उठाउनेमा उपाध्यक्ष विष्णु पौडेल अग्रपंक्तिमा देखिए। उनलाई महासचिव पोखरेलले पनि साथ दिए। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको संगठन संरचनामा पकड पनि छ। यसले कार्यकर्ता तहसम्मै प्रभाव पारेको देखिन्छ।

एमालेमा महाधिवेशनका बेला संस्थापन पक्षले वर्चस्व ७५ प्रतिशत थियो। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले कित्ता फेर्दा शक्ति सन्तुलत बदलिएको ओलीको अनुमान छ। किनकी अहिले ओलीलाई हरेक जनवर्गीय संगठनले औपचारिक कार्यक्रममा समेत महत्व दिन छाडेका छन्।

कुनै समय ओलीको फोटोबिना कुनै कार्यक्रम अघि नबढाउने जनवर्गीय संगठनदेखि पार्टीका विभिन्न संरचनागत संगठनहरूले अहिले हरेक कार्यक्रमको ब्यानरबाट ओलीको फोटो हटाउने गरेका छन्। निर्वाचनपछिको सचिवालय बैठकमा १२ नेतामध्ये ५–७ जना नेताहरूले त सोझै ओलीको राजीनामा नै मागेका थिए।

ओलीको राजीनामा माग्ने नेताहरूले फागुन २१ मा एमालेले पाएको अप्रत्याशित मतलाई नेतृत्वका रूपमा ओलीको असफलता भएको आधार देखाइरहेका छन्। त्यही चुनावी हारको कारण ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनीहरूको तर्क छ। ओलीलाई वैधानिक तरिकाले हटाउने पक्षमा सचिवालय सदस्यहरू थपिने क्रम बढ्दो छ।

तलका नेता, कार्यकर्ता आत्तिन थालिसकेका छन्। पुनर्गठन नगरी आन्दोलन अगाडि बढ्दैन, ओलीको नेतृत्वमा एमाले अब अगाडि जान सक्दैन भनेर तल आवाज उठिरहेको कुरा सामाजिक संजालहरू हेरे पनि पुष्टि हुन्छ। त्यसमा पनि विगतमा ओली समूहको खम्बा मानिएका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले नै नेतृत्वको विकल्प खोज्न थालेपछि ओली संकटमा छन्।

शनिबार ओलीले आफ्नो चाहना विपरीत निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदल बनाएरै एमाले फुटाउने यात्रा शुरु गरेको बताए। ‘मैले यसो नगरौं भनेँ, तर उनीहरूले मानेनन्। बागमतीमा भइहाल्यो, अब अरुतिर नगर्दा राम्रो हुन्छ,’ उनले भने। शंकर पोखरेल भन्दा बढी विष्णु पौडेलसँग ओलीको आक्रोश थियो। पौडेललाई धेरै सम्झाएको ओलीको ब्रिफिङ थियो।

‘मैले धेरै सम्झाएँ, एउटा स्टाटस त लेखिदेऊ भनेर। तर उनले मानेनन्। स्टेटमेन्ट सकिँदैन भनेर स्टाटस लेखिदिनुस् भनेको थिएँ,’ ओलीले भने। तर विष्णु पौडेल अलग हुन तयार हुने, तर स्टाटस लेख्न समेत तयार नहुने पक्षमा उभिएको ओलीको दाबी छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top