३ असार, काठमाण्डौ ।
भारतलाई झट्का लाग्ने गरी अमेरिकाले आफ्नो सैन्य रणनीतिसंग जोडिएको एउटा ठूलो निर्णय लिएको छ । डोनाल्ड ट्रंप प्रशासनले पहिलो कार्यकालमा जुन युएस इंडो–प्यासेफिक कमांड नाम राखेको थियो, अहिले त्यसबाट इंडो शब्दलाई हटाइदिएको छ । यसो गरेर अमेरिकाले भारतको बढ्दो रणनीतिक महत्वलाई अंकुश लगाउने संदेश दिएको छ ।
अब यसको नाम युएस प्यासेफिक कमाण्ड राखिएको छ । अमेरिकी रक्षा विभागले घोषणा गरेको छ कि उसको सबैभन्दा ठुलो सैन्य कमांड ’इंडो–प्यासिफिक कमांड’ बाट ’इंडो’ शब्द हटाइएको हो । उसले आफ्नो पुरानो नाम ’यूएस प्यासिफिक कमांड’ नै फेरि अपनाउने निर्णय लिएको हो ।

यससंगै अब ’हिंद महासागर’ को शब्द हट्ने भएको हो । अमेरिकाले यो निर्णय सो बेला सार्वजनिक गरेको हो जतिबेला आजै फ्रांसमा प्रधानमंत्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको भेटवार्ता हुँदै छ । यद्यपि अमेरिकी रक्षा विभागले मंगलवार भनेको थियो कि यो परिवर्तन खाली कमांडको नामसम्म मात्रै सीमित छ र यसले अपरेशनको तरिका वा जिम्मेवारीमा कुनै असर पर्ने छैन ।
तर त्यसो हो भने नाम चाँही किन हटाइयो भन्ने प्रश्नले भारतलाई रन्थनाइदिएको छ । किनभने जियो पोलिटिक्स त्यतिमात्रै हुँदैन जति देखिन्छ । यहाँ नेताहरुको एक एक बोली वा शब्द, हाउभाउको त कयौं अर्थ हुन्छ । यसैकारण ’इंडो–प्यासिफिक कमांड’ बाट ’इंडो’ शब्द हटाउने कुराको पनि धेरै अर्थ रहन्छ ।

जियो पोलिटिकल एक्सपट्र्सले आशंका जनाइरहेका छन् कि यसको अर्थ अमेरिकाको नजरमा भारतसंग कुनै रणनीतिक भूमिका बाँकी नरहेको भन्ने हुनसक्छ । एशिया–प्यासिफिक क्षेत्रमा अमेरिकाका लागि भारतको कुनै भू–राजनीतिक महत्व बाँकी नरहेको पनि हुनसक्छ ।
यसमा भारतीयहरुको चिन्ता छ कि अमेरिकाको यो कदमपछि भारतको तथाकथित ’ब्याकयार्ड’ अर्थात दक्षिण एशियामा अब चीन र पाकिस्तानको भू–राजनीतिक, भू–आर्थिक र सैन्य दबदबा बढ्नेछ । भारतको सैन्य शक्तिहरु हवाईमा मुख्यालय भएको युएस प्याकमका साथ मिलेर काम गर्छ र यसको साथमा अभियान पनि संचालन गर्दै आएको छ ।
यसैकारण यसको महत्व निकै धेरै छ । अमेरिकाले यो कदम २०१८ मा ’युएस इंडो–प्याकम’ नाम राखेको आठ वर्षपछि उठाएको हो जसले पेंटागनका लागि भारतसंगको नयाँ सम्बन्धलाई दर्शाउँछ । डोनाल्ड ट्रंपको पहिलो कार्यकालका क्रममा ’प्यासिफिक कमांड’ लाई ’इंडो–प्यासिफिक’ नाम दिइएको थियो ।
र यो चीनलाई रोक्नका लागि भारतको रणनीतिक महत्वलाई पनि ध्यानमा राखेर गरिएको थियो । मे २०१८ मा तत्कालीन अमेरिकी रक्षा मंत्री जेम्स म्याटिसले भनेका थिए कि ’यो कमांड बलीवुडबाट हलीवुडसम्म फैलिएको छ।’ युएस प्याकमले आफ्नो जिम्मेवारीमा अमेरिकाको पश्चिमी तट नजिकको पानीदेखि लिएर भारतको पश्चिमी सीमासम्म फैलिएको बताउने गरेको छ ।
यद्यपि भारतकी जियो पोलिटिकल एक्सपर्ट सना हासमी भन्छिन्, ’नाममा गरिएको यो बदलाव भारतका बारेमा होइन, बरु इंडो–प्यासिफिकमा अमेरिकाका प्राथमिकताहरुमा आएका ठूलो बदलावलाई देखाउँछ । ट्रंपको पहिलो कार्यकालमा चीनलाई संतुलित गर्नका लागि क्वाडमा भारतका साथ नजिकको सम्बन्ध र एक मजबूत इंडो–प्यासिफिक फ्रेमवर्कमा जोड दिइएको थियो ।
यो कुनै अर्को चीज वा व्यक्तिको साटो चीनका बारेमा ट्रंपको बदलिदो सोचबाट धेरै प्रेरित छ । के याद राख्नु पर्छ भने, इंडो–प्यासिफिक फ्रेमवर्क सो बेला आएको थियो जतिबेला इंडो–प्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिक सोचको केंद्रमा चीन थियो । त्यसैले सना भन्छिन्, यसलाई भारतसंग जोडेर भन्दा पनि ट्रंपको चीनलाई लिएर के नीति हो त्यो चाँही चिन्ताको विषय हो’ ।
युएस प्याकमले एक बयानमा भनेको छ कि नाम बदलिएको भएपनि जिम्मेवारीको सीमा सोही रहनेछ । साथै ’कमांडको मुख्य मिशन र क्षेत्रीय सहयोगिहरु र साझेदारहरुका साथ मिलेर एक ’फ्री र ओपन थिएटर’ कायम राख्ने उसको अटूट प्रतिबद्धतामा पनि कुनै बदलाव नआएको भनेको छ ।
रणनीतिक भाषामा ’फ्री र ओपन थिएटर’ शब्दको प्रयोग ती प्रयासहरुका लागि गर्ने गरिन्छ जसको उद्येश्य चीनको प्रभावलाई रोक्न र महत्वपूर्ण समुद्री र हवाई मार्गहरुमा बिना रोक–टोक आवतजावत सुनिश्चित गर्नु हो । युएस प्याकम नामलाई पुनः लागू गर्नुको कारणबारे बयानमा भनिएको छ, यसले कमांडको ऐतिहासिक जराहरुलाई सम्मान हुनेछ र प्रशांत क्षेत्रमा काम गर्ने सबै मानिसहरुको गर्व र सामूहिक भावना बढ्नेछ ।
बयानमा भनिएको छ कि यो कमांड अमेरिकाको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो यूनिफाइड कम्ब्याट कमांड रहेको छ । र दोस्रो विश्व युद्धपछि एशिया–प्रशांत क्षेत्रको सुरक्षा व्यवस्था कायम राख्नमा यसको महत्वपूर्ण भूमिका रहेको छ ।
तर यता भारतमा भने के यो पाकिस्तानलाई खुसी पार्नका लागि अमेरिकाले कदम उठाएको हो भन्दै प्रश्न गरिएको छ । किनभने इरान युद्धपछि पाकिस्तान र अमेरिकाबीच निकटता बढेको छ ।
यसबारे आफ्ना टिप्पणी अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
