रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

७ असार ८३, सोमबार

८ असार, काठमाण्डौ ।

चितवनमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिनको बन्द सत्र  विहान ८ बजेदेखि नै  सुरु हुने भनिएपनि केही ढिला हुन गएको छ । प्रतिनिधिहरुको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र पनि प्रभावित भएको हो । निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो ।

तर नामावलीमा अत्यधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ । प्रतिनिधिहरुले नाम सच्याउने निवेदन दिनका लागि फाराम भर्दै बुझाइरहेका छन् । यसबीच अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरुको उल्लेख्य भिडभाड छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।

Advertisement

रास्वपाले रवि लामिछानेलाई नै सर्वसम्मत सभापतिमा निरन्तरता दिने सम्भावना भए पनि निर्वाचन प्रक्रिया पनि अघि बढ्ने छ । रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।

बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत रुपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ । यद्यपि निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ । महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन केही बेरमा हुनेछ । त्यसपछि उम्मेदवारी मनोनयनको फारम वितरण गरिने छ । उम्मेदवारी मनोनयन पत्र दर्ता समय २ देखि ४ बजेसम्म तोकिएको छ ।

Advertisement

राति ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । त्यसपछि उम्मेदवार विरुद्ध परेको दाबी विरोध जाँचबुझका लागि एक घन्टा समय छुट्याइएको छ । राति ९ बजेदेखि १५ मिनेट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे त्यसका लागि समय दिइने छ । राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

भोलिपल्ट बिहान अर्थात् असार ९ गते ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहने छ । विहान ८ बजे देखि ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ । पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने विधानको व्यवस्था छ । पहिलो चरणको मत परिणाम मतदान सकिएको दुई घण्टा पछि गरिने छ । दोस्रो चरणको मतदान अन्य पदाधिकारीको लागि हुनेछ । दोस्रो चरणको मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ ।

आइतबार भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन गरिएको रास्वपा महाधिवेशनको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ । जहाँ केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

नयाँ नेतृत्व चयन गर्दै रास्वपाको महाधिवेशन मंगलबार सक्ने तयारी छ । बन्दसत्रको अन्त्यमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेद पेस गर्ने तालिका छ । यस्तै बन्दसत्रका क्रममा रास्वपाका कोषाध्यक्ष लीमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन प्रतिवेदन र उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ ।

यसबीच आज सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ । महाधिवेशन स्थलमा कुनै पनि अनावश्यक गतिविधि हुन नदिन र प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले सुरक्षामा विशेष चनाखो अपनाएको हो । बन्द सत्र हलभित्र गैरअधिकारिक र अपरिचित व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमै ठुलो सङ्ख्यामा प्रहरी र निजी सुरक्षा गार्ड (बाउन्सर) हरू परिचालन गरेर कडा जाँचबुझ गरिएको छ । परिचयपत्र विना कसैलाई पनि भित्र जान दिइएको छैन । यसका साथै, सुरक्षालाई थप चुस्त बनाउन मुख्य गेट र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरको समेत प्रयोग गरिएको छ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई समेत पूर्ण जाँच गरेपछि मात्र भित्र प्रवेश गराइएको छ । पार्टीमा सभापति र वरिष्ठ नेताको पदमा सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र ९९ केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना आइतबार नै उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले गरेका छन् । रास्वपामा तीन उपसभापति एक खुला, एक महिला र एक मनोनीत हुनेछन् । खुला उपसभापतिमा स्वर्णिम वाग्ले प्रबल दाबेदार रहेको रास्वपाका नेताहरू बताउँछन् ।

अर्थमन्त्री र पार्टीमा तेस्रो वरीयतामा रहेका उनीविरुद्ध कसैले उम्मेदवारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ । महिला उपसभापतिमा चुनाव भएको खण्डमा कानुनमन्त्री सोविता गौतम, कोषाध्यक्ष लिमा अधिकारी, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सम्भावित उम्मेदवार रहेको नेताहरू बताउँछन् ।

उपसभापति वा महामन्त्रीमध्ये एक पदमा डा. तोसिमा कार्की सम्भावित उम्मेदवार रहेको बताइएको छ । मनोनीत उपसभापतिमा भने भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका नेता सुनील लम्साललाई जिम्मेवारी दिने तयारी छ । उनी शाहसँगै रास्वपामा समाहित भएका नेता हुन् ।

खुला महामन्त्रीमा सहमति जुट्न नसके तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । ‘यो पदका लागि निवर्तमान महामन्त्री कबीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनीष झा, गणेश पराजुली, यज्ञमणि न्यौपाने उम्मेदवार बन्ने सम्भावना छ,’ एक नेताले भने । महिला उपसभापतिमा उम्मेदवारी नदिए महामन्त्रीको दाबेदारमा डा. कार्कीलाई पनि हेरिएको छ ।

नेतृत्व चयन सहमतिमा नै हुने अवस्था रहेमा खनाल पछि हट्न तयार देखिएको उनीनिकट नेताहरूले बताएका छन् । न्यौपाने पनि सहमहामन्त्री पद पाएमा महामन्त्रीमा दाबी नगर्ने उनीनिकट स्रोतले जानकारी दियो । मनोनीत महामन्त्रीमा भने भूपदेव शाह लगभग निश्चित रहेका रास्वपा नेताहरू बताउँछन् ।

खुला सहमहामन्त्रीमा को–को उम्मेदवार बन्ने भन्ने यकिन भइसकेको छैन । हालसम्म हरि ढकाल, प्रकाशचन्द्र परियारलगायत दाबेदार रहेको नेताहरूले बताएका छन् । सहमहामन्त्रीमा नेता असिम शाह पनि सम्भावित उम्मेदवार छन् । उनी पूर्वसांसद तथा प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार पनि हुन् । महिला सहमहामन्त्रीमा निशा डांगीलगायत सम्भावित उम्मेदवार हुन् ।

रास्वपामा पदाधिकारीको संख्या १९ पु¥याइएको छ । यसअघि यो संख्या १२ थियो । यस पटक विधान संशोधन गरेर पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (जसमा १ महिला र १ मनोनीत), यस्तै महामन्त्री २ (यसमा१ मनोनीत), सहमहामन्त्री ५ (यसमा १ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (जसमा १ महिला), यस्तै कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (यसमा पनि १ महिला) रहेका छन् ।

Advertisement

भर्खरको समाचार

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

सम्बन्धित समाचार

Scroll to Top