×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

प्रदेश १ स्तरीय भेट्रान फुटबलमा काँकडभिट्टा सेमिफाइनलमा

२३ आश्विन २०७५

विराटनगर,असोज २३
प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको आज भएको खेलमा झापाको काँकडभिट्टा भेट्रान क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा भएको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा काँकरभिट्टाले मोरङ कानेपोखरीको एभरेष्ट भेट्रानलाई ५–१ को फराकिलो गोल अन्तरमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement
Advertisement

काँकडभट्टाबाट खेलेका क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामाले ४ गोल गरे भने रमेशकुमार बस्नेत १ गोल गर्दै टिमलाई विजयी बनाए । एभरेष्टका लागि एकमात्र सान्तवना गोल कुमुदकुमार लिम्बूले गरे ।

दुवै टिमबाट ‘ए’ डिभिजनका अनुभवी खेलाडीहरुको सहभागिता रहेको थियो । खेलको तेस्रो मिनेटमा एभरेष्टका कुमुदकुमार लिम्बूले बक्सभित्र मिलाइ दिएको पासमा छत्र लिम्बू गोल गर्न चुके ।

खेलको म्यान अफ द म्याच काँकडभिट्टाका लाक्पा लामा भए । असोज २७ गतेसम्म हुने प्रतियोगिताको भोलिको पहिलो सेमिफाइनल खेल झापा दमकको पूर्वाञ्चल र सुनसरीको धरान भेट्रान क्लबबीच हुनेछ ।

Advertisement
Advertisement

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top