’बालेनको पुलिस होइन’ भनेका डीएसपीसँग सोधपुछ,जिल्ला तानिए

२४ असार ८३, बिहीबार

२५ असार, काठमाण्डौ ।

कैलालीको घोडाघोडी नगरपालिकामा लागुऔषधविरुद्ध आयोजित सचेतनामूलक कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीले भने, “हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हो।“ त्यसपछि उनले थपे, “केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो।“ यी अभिव्यक्तिले कार्यक्रममा ताली त पाए, तर भिडियो सामाजिक सञ्जालमा पुगेपछि त्यसले देशव्यापी बहसको रूप लिएकोछ ।

जहाँ पक्ष र विपक्षमा वहस भइरहेका छन् । भिडियो भाइरल भएको केही समयमै डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइयो। प्रहरी नेतृत्वले यसलाई सामान्य सोधपुछ र काउन्सिलिङ भने पनि प्रश्नहरू भने धेरै उठेका छन्। सार्वजनिक मञ्चमा प्रहरी अधिकृतले यस्ता अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ?

Advertisement

प्रहरी वास्तवमै कसको हो ?सरकारको, कुनै नेताको, कि केवल संविधान र कानुनको? अनि सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्नो सन्देश डीएसपी चौधरीले झै दिन मिल्छ ? कैलालीका डिएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ। ’बालेनको पुलिस होइन, नेपाल पुलिस हुँ’ भन्ने अभिव्यक्ति दिएपछि उनलाई सोधपुछका लागि जिल्ला तानिएको हो।

इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सोधपुछका लागि उनलाई जिल्ला बोलाइएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरेका छन् ।

Advertisement

‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’, चौधरीले कार्यक्रममा भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’ चौधरीले आफ्नो भनाइ मन परेमा ताली बजाउनुहोला भनेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरुले ताली बजाएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपति लगाउन नपाउने बताएका उनले २०७० सालमा १३८ जनाबाट छनोट भएर आएको व्यक्ति भएको उल्लेख गरेका छन् । ‘हामी भोट हालेर टीका लगाएर आएका होइनौँ । दारु भात खाएर आएकै होइन,’ चौधरीले थप भनेका थिए । उनले उक्त कार्यक्रममा बोलेको भिडियोमा सार्वजनिक नगर्न पनि अनुरोध गरेको सुनिन्छ ।

तर, डीएसपीको आग्रहविपरीत उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी छानबिनको दायरामा परेका हुन् । यद्यपि, कैलाली प्रहरीले छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन प्रसंगमा कसरी दिइएको हो ? भन्ने विषयमा समान्य सोधपुछका लागि डीएसपी चौधरीलाई बोलाइएको जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई अन्य विषयमा काउन्सिलिङका लागि जिल्ला बोलाइएको थियो। सोही क्रममा उक्त भिडियो सार्वजनिक भएपछि भिडियोमा दिएको अभिव्यक्तिबारे पनि सोधपुछ गरिने उनले बताए।

हामीले उहाँलाई अन्य विषयमा काउन्सिलिङ र कुराकानीका लागि बोलाएका थियौँ। त्यससँग सम्बन्धित केही विषय पनि थिए। यहीबिच भिडियो भाइरल भयो। त्यसैले भिडियोमा दिनुभएको अभिव्यक्तिबारे पनि बुझ्ने काम हुन्छ,’ उनले भने। कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कुनै पनि राष्ट्रसेवक कर्मचारीले पेशागत मर्यादा विपरीत व्यक्ति लक्षित टिप्पणी गर्न नहुने बताए। ‘हामी राष्ट्र सेवक कर्मचारी समयअनुसार चल्न सक्नु पर्छ,’ उनले भने, ‘उच्च व्यावसायिकता प्रदर्शन गर्न जरुरी हुन्छ ।’

विषय वा प्रसंगभन्दा बाहिर गइ बोलेको कुरा सामाजिक संजालमा चर्चाको बिषय बनेपछि माथिल्लो निकायले बोलाउनु, सोधपुछ गर्नु र भविष्यका लागि सजग गराउनुलाई अन्यथा मान्न नहुने पनि प्रजिअ रेग्मीले बताएका छन् । यस घटनाले एउटा व्यक्तिको अभिव्यक्तिभन्दा पनि राष्ट्र सेवक नेपाल प्रहरीको तटस्थता, पेशागत अनुशासन र सार्वजनिक जिम्मेवारीबारे नयाँ बहस सुरु गराएको छ।

आखिर डीएसपी प्रसन्नराज चौधरीले त्यो दिन वास्तवमा के भन्न खोजेका थिए? उनको अभिव्यक्तिको सन्दर्भ के थियो? र किन एउटा भाषण यति ठूलो राष्ट्रिय बहसको विषय बन्यो? यसको जवाफ भने उनीसँगको कुराकानीपछि कैलाली प्रहरीले दिने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top