×

NEPAL TIMES UPDATES

Playing
युद्धकैबीच नेतन्याहुले किन भने अमेरिकी सैन्य सहायताको निर्भरता घटाउनुपर्छ ?|| Nepal Times
May 11, 2026
Playing
World News: इराकमा इजरेलको गोप्य सैन्य अखडा, कंगोमा ६९ जनाको सामूहिक ह*त्या || Nepal Times
May 11, 2026
Playing
क्युवाको तटमा अमेरिकाले बढायो सैन्य गतिविधि, के हो संकेत?|| Nepal Times
May 11, 2026
Playing
Hongkongमा सेल्टरः किन डराए देउवा? ११५ रोपनी जग्गाको रहस्य ! || Nepal Times
May 11, 2026
Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

२८ बैशाख २०८३

२८ वैशाख , काठमाण्डौ।

नेपालको हवाई उड्डयनको इतिहासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पटक–पटक विवाद र आलोचनाको केन्द्र बन्दै आएको छ । तर आज सोमबार बिहान टर्किस एयरलाइन्सको उडान टीके–७२६ मा देखिएको प्राविधिक समस्या र त्यसपछिको व्यवस्थापकीय सुरक्षा तयारीले भने प्रश्न उठाएको छ ।

Advertisement
Advertisement

अन्र्राष्ट्रिय उडानको मुख्य प्रवेशद्वार मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको टायरबाट धुवाँ निस्किएको घटना समयमै नियन्त्रणमा आएको छ । टर्किस एयरले विमानकै हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण आगलागी भएको भन्दै सबै नियन्त्रणमा रहेको र यात्रु तथा चालक दलहरु सकुशल रहेको बताएको छ ।

तरपनि समग्र अवस्था हेर्दा नेपालको उड्डयन प्रणाली अझै पनि व्यवस्थित तयारीभन्दा भाग्य र परिस्थितिको भरोसामा चलिरहेको आभास हुन्छ । २७८ यात्रुको जीवनसँग जोडिएको यस संवेदनशील घटनामा विमानस्थलको ’फायर ब्रिगेड’ ले धुवाँ नियन्त्रणमा लिएपनि त्यसपछिको सूचना प्रवाह र समन्वयमा देखिएको रिक्तताले राज्यको उपस्थिति कतै महसुस हुन नसकेको यात्रुहरुबाटै गुनासो आएको छ ।

कुनै पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थलमा सङ्कट उत्पन्न हुनासाथ आधिकारिक निकायबाट तत्काल र सत्यतथ्य जानकारी आउनुपर्नेमा, हाम्रो प्रशासन भने मौन देखियो। यसले गर्दा एकातिर विमानस्थलमा उड्न ठिक्क परेका सयौँ यात्रुहरू अन्योलमा परे भने अर्कोतिर सामाजिक सञ्जालमा फैलिएका अपुष्ट हल्लाले अन्तर्राष्ट्रिय समुदायमा समेत नेपालको हवाई सुरक्षाप्रति त्रास र अविश्वास पैदा ग¥यो।

त्यसोत युरोपियन युनियनले नेपाली हवाई क्षेत्रलाई वर्षौँदेखि ’कालोसूची’ मा राख्नुको मुख्य कारण नै यस्तै गैरजिम्मेवार कार्यशैली र नियामक निकायको अक्षमता हो भन्ने कुरालाई फेरि स्मरण गराएको छ । ।इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टीके–७२६ उडान बिहान साढे ६ बजे अवतरण गरेर ट्याक्सी–वे ‘ब्राभो’ हुँदै पार्किङ क्षेत्रमा प्रवेश गर्ने क्रममा जहाजको एउटा टायरबाट धुवाँ निस्किएको देखिएपछि कन्ट्रोल टावरले पाइलटलाई तत्काल सतर्क गराएको थियो ।

सम्भावित आगलागी वा हाइड्रोलिक प्रणालीमा खराबी हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै इन्जिन बन्द गरियो र विमानस्थलको दमकल टोली घटनास्थलमा पुगेर ड्राइ केमिकल पाउडर प्रयोग गरी अवस्था नियन्त्रणमा लियो । यात्रुहरूलाई इमर्जेन्सी एक्जिटमार्फत बाहिर निकाल्ने तयारीसमेत गरिएको थियो ।

प्रारम्भिक रूपमा ठूलो दुर्घटना टरेको निष्कर्ष निकालिए पनि त्यसपछिको दृश्यले विमानस्थल प्रशासनको वास्तविक क्षमता र तयारीमाथि गम्भीर प्रश्न खडा गरिदियो। घटनापछि सबैभन्दा धेरै आलोचना सूचना व्यवस्थापनलाई लिएर भयो। कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा संकटका बेला आधिकारिक सूचना प्रवाह सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण पक्ष मानिन्छ ।

यात्रुहरूलाई के भइरहेको छ, जोखिमको अवस्था के हो र सुरक्षाका लागि के कदम चालिएको छ भन्ने स्पष्ट जानकारी समयमै उपलब्ध गराउनु अन्तर्राष्ट्रिय मापदण्डभित्र पर्छ । तर, सोमबार त्रिभुवन विमानस्थल प्रशासन लामो समयसम्म मौन बस्यो ।

विमानस्थलभित्र रहेका यात्रुहरू त्रसित अवस्थामा थिए, केही यात्रुहरू सामाजिक सञ्जालमार्फत आफैँ घटनाको भिडियो सार्वजनिक गरिरहेका थिए, सञ्चारमाध्यमहरूले फरक–फरक स्रोत उद्धृत गर्दै विरोधाभासी सूचना प्रसारण गरिरहेका थिए, तर आधिकारिक निकायबाट समयमै स्पष्ट विवरण आएन ।

कसैले जहाजमा सामान्य प्राविधिक समस्या भएको बताए भने कसैले आगलागी हुनै लागेको दाबी गरे । यही अन्योल र अस्पष्टताले यात्रुहरूमा झन् बढी भय र असुरक्षा पैदा ग¥यो । अझ गम्भीर कुरा त के भने, यस्तो संवेदनशील घटनाले अन्तर्राष्ट्रिय समुदायमा नेपालको हवाई सुरक्षाप्रति नकारात्मक सन्देश जाने जोखिम पनि बढाएको छ ।

नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनले वर्षौँदेखि ‘कालोसूची’ मा राखिरहेको अवस्थामा सूचना व्यवस्थापनमा देखिएको यस्तो गैरजिम्मेवारपनले नेपालको विश्वसनीयतामाथि थप प्रश्न उठाउने निश्चित छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक वर्ष विमानस्थलमा आपत्कालीन अभ्यास, उद्धार पूर्वतयारी र ‘इमर्जेन्सी ड्रिल’ का नाममा ठूलो बजेट खर्च गर्ने गरेको छ ।

तर, सोमबारको घटनाले ती अभ्यासहरू वास्तविक संकट व्यवस्थापनभन्दा पनि औपचारिकता पूरा गर्न, फोटो खिच्न र प्रतिवेदन तयार गर्न सीमित रहेको स्पष्ट देखायो । यदि वास्तविक रूपमा पूर्वतयारी प्रभावकारी हुन्थ्यो भने संकटका बेला सूचना संयन्त्र, उद्धार समन्वय र यात्रु व्यवस्थापन यति कमजोर देखिने थिएन ।

इमर्जेन्सी अपरेटिङ सेन्टरको भूमिका कतै देखिएन, यात्रुहरूलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा लैजाने प्रक्रिया स्पष्ट थिएन र सञ्चार समन्वय लगभग निष्क्रियजस्तै देखियो । त्यसोत केही समयअघि भएको सौर्य एयरलाइन्स दुर्घटनाको अध्ययन प्रतिवेदनले पनि विमानस्थलभित्र छरिएका निर्माण सामग्री, हिलो र अव्यवस्थित पूर्वाधारका कारण उद्धारमा ढिलाइ भएको उल्लेख गरेको थियो ।

तर, त्यो घटनाबाट समेत सम्बन्धित निकायले पाठ सिकेको देखिएन । अझै पनि विमानस्थलभित्र निर्माण सामग्री व्यवस्थापन, आपत्कालीन मार्गको स्पष्टता र सुरक्षा पूर्वाधारको स्तरोन्नति प्राथमिकतामा परेको देखिँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को गम्भीर समस्या भनेको यसको कमजोर आन्तरिक सुरक्षा प्रणाली हो ।

केही समयअघि भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूको ध्यान अन्यत्र मोडिँदा सर्वसाधारण यात्रुहरू जहाज पार्किङ गर्ने संवेदनशील क्षेत्रसम्म पुगेका थिए । त्यो घटना सामान्य कमजोरी नभइ अन्तर्राष्ट्रिय स्तरमै गम्भीर सुरक्षा चुहावटका रूपमा लिनुपर्ने विषय थियो । यदि कुनै दुर्भावनायुक्त समूह वा व्यक्ति त्यहाँ पुगेको भए त्यसको परिणाम भयावह हुन सक्थ्यो ।

यही कारण अहिले पनि केही विदेशी वायुसेवा कम्पनीहरूले नेपालको सुरक्षा संयन्त्रमाथि पूर्ण विश्वास गर्न सकेका छैनन् । भारतीय एयरलाइन्सहरूले काठमाडौंमा आफ्नै सुरक्षाकर्मीमार्फत यात्रुहरूको पुनः जाँच गर्ने गरेका छन्, जुन नेपालको सुरक्षा प्रणालीमाथिको प्रत्यक्ष अविश्वासको संकेत हो ।

एउटा सार्वभौम राष्ट्रको अन्तर्राष्ट्रिय विमानस्थलमाथि विदेशी कम्पनीहरूले यसरी प्रश्न उठाउनु आफैंमा लज्जास्पद विषय हो। तर, राज्य संयन्त्रले यसलाई गम्भीर आत्मसमीक्षाको विषय बनाउन सकेको छैन । अहिले विमानस्थल प्रशासनको प्राथमिकता हेर्दा पनि समस्या कहाँ छ भन्ने स्पष्ट हुन्छ।

सुरक्षा, प्राविधिक क्षमता र संकट व्यवस्थापनभन्दा बाहिरी चमकधमक, सौन्दर्यकरण र देखावटी सुधारलाई उपलब्धिका रूपमा प्रचार गर्ने प्रवृत्ति बढ्दो छ । शौचालय सफा हुनु, गार्डेन निर्माण हुनु वा भवन रंगिनु नराम्रो कुरा होइन, तर एउटा अन्तर्राष्ट्रिय विमानस्थलको मूल आधार भनेको सुरक्षा, प्राविधिक दक्षता र चुस्त व्यवस्थापन हो ।

यदि जहाज अवतरण गर्ने धावनमार्गकै वरिपरि अव्यवस्थित सामग्री थुपारिन्छ, उद्धार टोली संकटका बेला अलमलिन्छ र सूचना संयन्त्र निष्क्रिय बन्छ भने बाहिरी सौन्दर्यले कुनै अर्थ राख्दैन । हरेक पटक दुर्घटना वा प्राविधिक समस्यापछि छानबिन समिति गठन गर्ने, केही दिन चर्को बहस गर्ने र त्यसपछि फेरि पुरानै शैलीमा फर्किने प्रवृत्ति अब खतरनाक चरणमा पुगेको छ ।

नेपालमा हवाई दुर्घटनाहरूको इतिहास हेर्दा पनि धेरैजसो प्रतिवेदनहरूले कमजोर नियमन, अपर्याप्त पूर्वतयारी, प्राविधिक लापरबाही र प्रशासनिक उदासीनतालाई मुख्य कारण औँल्याएका छन् । तर, ती सुझावहरू व्यवहारमा कार्यान्वयन भएको विरलै देखिन्छ।सरकार र नागरिक उड्डयन प्राधिकरणले अब पनि यसलाई सामान्य घटना भन्दै पन्छाउने हो भने भविष्यमा आउने ठूलो दुर्घटनाको नैतिक र प्रशासनिक जिम्मेवारीबाट उम्किन सक्नेछैनन् ।

हवाई सुरक्षा प्राविधिक विषय मात्र नभई, यो राज्यको विश्वसनीयता, संस्थागत जिम्मेवारी र राजनीतिक इच्छाशक्तिसँग प्रत्यक्ष जोडिएको विषय हो । नेपालको पर्यटन उद्योग, वैदेशिक सम्बन्ध र अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रत्यक्ष रूपमा हवाई सुरक्षासँग गाँसिएको छ ।

विमानस्थल प्रशासनले प्रत्येक वर्ष करोडौँको बजेट खर्चेर गर्ने ’इमर्जेन्सी ड्रिल’ वा नक्कली उद्धार अभ्यासहरू केवल कागजी प्रतिवेदन र मिडियामा फोटो देखाउनका लागि मात्रै हुन् भन्ने कुरा सोमबारको वास्तविकताले देखाएको छ।आजको यो आगलागीको घटना एउटा ठुलो चेतावनी हो, जसले नेपालको उड्डयन क्षेत्रमा व्याप्त उदासिनता र चरम लापरबाहीलाई नराम्रोसँग सतहमा ल्याइदिएको छ।

यदि एउटा जहाजको टायरबाट निस्किएको सामान्य धुवाँ व्यवस्थापन गर्न हाम्रो प्रशासन यति धेरै हतास र अस्पष्ट देखिन्छ भने, भविष्यमा आइपर्न सक्ने संभावित भीषण दुर्घटना वा विपत्तिको सामना कसरी होला? यो प्रश्नको उत्तर खोज्न अब ढिला भइसकेको छ। अब बालेन सरकारलाई पनि विगतको जस्तै छानबिन समिति गठन गरेर र प्रतिवेदन दराजमा थन्क्याएर आफ्नो जिम्मेवारी पूरा भएको ठानेर बस्ने छुट छैन।

नागरिक उड्डयन प्राधिकरण र विमानस्थल प्रशासनलाई वास्तविक अर्थमा जवाफदेही बनाउँदै, सुरक्षा प्रणालीलाई आधुनिक र पारदर्शी बनाउन प्रधानमन्त्री र विभागीय मन्त्रीले ठोस कदम चाल्नै पर्छ। सूचना व्यवस्थापनलाई पारदर्शी बनाउने,उद्धार पूर्वतयारीलाई व्यवहारिक बनाउने, सुरक्षा संयन्त्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःसंरचना गर्ने र प्राविधिक जनशक्तिलाई दक्ष बनाउने दिशामा तत्काल सुधार आवश्यक छ ।

Advertisement

अन्यथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः अन्तर्राष्ट्रिय अविश्वास, अव्यवस्था र सरकारी लापरबाहीको प्रतीक बन्दै जाने खतरा झन् गहिरिँदै जानेछ ।

Advertisement

भर्खरको समाचार

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

सम्बन्धित खबरहरु

Scroll to Top