इरानसँग आज नयाँ चरणको वार्ताः ट्रम्पको दाबी तेहरानले मान्ला ?

१८ साउन , काठमाण्डौ ।

Advertisement

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सोमबारदेखि इरानसँग नयाँ चरणको वार्ता हुने दाबी गरेका छन् । मध्यपूर्वमा रहेका सहयोगी देशको आग्रहमा इरानमा गर्ने भनिएको ठुलो आक्रमण स्थगन गरेर वार्ता सुरु गर्न लागिएको उनको भनाइ छ ।

ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई भने, ‘अमेरिका र इरानबचिको वार्ता सोमबार दिउँसो सुरु हुनेछ।’ यद्यपि उनले वार्ता कहाँ हुन्छ र को–को सहभागी हुन्छन्लगायत विस्तृत कुरा बताएनन् ।

Advertisement

यसअघि आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका थिए, ‘इरान र मध्यपूर्वमा रहेका अमेरिकाका सहयोगीहरूले मलाई सैन्य कारबाही रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको रूपरेखा लगभग पूरा भइसकेको छ।’

उता इरानको अर्ध–सरकारी समाचार एजेन्सी मेहरले भने इरानले अमेरिकालाई सैन्य हमला स्थगन गर्न अनुरोध नगरेको र ट्रम्पको दाबी ‘नयाँ झुट’ भएको टिप्पणी गरेको छ । इरानी सञ्चारमाध्यमका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानको मध्यस्थतामा जारी हर्मुज स्ट्रेटसँग सम्बन्धित सम्झौताको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् ।

Advertisement

यसैबीच इरानका सर्वोच्च नेता बनेपछि मोज्ताबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । यसबीच इजरायली गुप्तचर एजेन्सी मोसाद र अमेरिकी गुप्तचर एजेन्सी सीआईए उनीहरूको खोजीमा जुटेको खबर आएको छ ।

अमेरिका र इजरायलले सन् २०२६ २८ फेब्रुअरी मा गरेको आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह खामेनीको मृत्यु भएको थियो । त्यसपछि मोज्ताबालाई इरानको सर्वोच्च नेता बनाइएको थियो।

त्यसबेलादेखि आजसम्म मोज्ताबालाई कतै पनि सार्वजनिक रूपमा देखिएको छैन । इजरायल र अमेरिकी गुप्तचर एजेन्सीहरू मोसाद र सीआईए उनीहरूको खोजी गरिरहेका रिपोर्टहरू आएका छन् ।

करिब १५० दिनदेखि मोज्ताबा खामेनीले फोन नछोएको उनीहरूको दावी छ । इजरायली सञ्चारमाध्यमले द टाइम्स अफ लन्डनको यस हप्ताको रिपोर्टलाई हवाला दिँदै लेखेको छ, ‘करिब १५० दिनदेखि मोज्ताबाले फोन, ल्यापटप, रेडियो वा डिजिटल सिग्नल निस्कने कुनै पनि वस्तु हातमा लिएको पाइदैन ।’

उनी कतै भूमिगतरूपमा बसिरहेको र अधिकारीहरूलाई निर्देशित गरिरहेको अनुमानहरू गरिएका छन् । उनका बुबा अर्थात् पूर्व सर्वोच्च नेताको मृत्यु भएको हवाइ आक्रमणमा लागेका घाउका कारण उनको अनुहारमा चोट लागेको र बिग्रिएको अनुमानहरू व्यापक गरिएका छन् ।

उनलाई डर छ कि कुनै अमेरिकी जासूसी उपग्रहले उनलाई चिन्न सक्छ । उनका बुबाको पत्ता लगाउन इजरायल र अमेरिकाले लगभग हरेक साइबर उपाय प्रयोग गरेका थिए । सर्वोच्च नेताका बडीगार्ड र नजिकका व्यक्तिहरूले प्रयोग गर्ने गाडी पहिचान गर्न तेहरानका ट्राफिक क्यामेराहरू ह्याक गरिएका थिए।

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी र यसको इजरायली समकक्ष युनिट ८२०० को समन्वयमा बनेको यस प्रविधिबाट थाहा भएको थियो कि त्यसदिन अली खामेनी र उनको वरिपरि रहेका वरिष्ठ सैन्य तथा गुप्तचर अधिकारीहरू ठीक कहाँ थिए र उनीहरू सबै मारिएका थिए ।

मोज्ताबा खामेनीलाई खोज्ने तरिका अब ‘सिग्नल इन्टरसेप्सन’ वा प्राविधिक निगरानी होइन, बरु मानव सञ्जालको पूयोग गरि गरिने जासुसी अर्थात् ‘ह्युमन इन्टेलिजेन्स’ हो । यो गुप्त जानकारी सङ्कलन गर्ने पुरानो, ढिलो र खतरनाक तरिका हो।

यसका लागि मानिसहरूले आफ्नै आँखाले कुरा देख्नुपर्छ, जानकारी अगाडि पु¥याउनुपर्छ र बाँच्नु पनि पर्छ । गुप्तचर सेवामा काम गर्ने केही मानिसहरूले सायद मोज्तवा पहिले नै मरिसकेको तर इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स अमेरिकीहरूविरुद्ध युद्धलाई जायज ठहराउन सर्वोच्च नेता जिउँदै रहेको नाटक गरिरहेको दावी पनि गर्ने गरेका छन् ।

यदि मोसाद र सीआईए फेरि पनि उनको बासस्थान पत्ता लगाउन सफल भए भने यो मामला राजनीतिक क्षेत्रमा जानेछ। जेरुसेलम र वाशिङ्टनका सुरक्षा प्रमुखहरूले यस जानकारीको के गर्ने भन्ने निर्णय गर्नुपर्नेछ ।

त्यसबेला प्रश्न सञ्चालनसम्बन्धी होइन, रणनीतिक हुनेछ । यता युद्धविरामको नयाँ पहल सार्वजनिक भएको केही समयमै इजरायलले गाजामा आक्रमण तीव्र बनाएको छ । आइतबार भएका विभिन्न हवाई तथा ड्रोन आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै अन्य घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति र सुरक्षातर्फ महत्वपूर्ण कदम भन्दै नयाँ योजना घोषणा गरेका थिए । तर त्यसको केही समयमै इजरायली सेनाले गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राख्यो ।

गाजा सहरको पश्चिमस्थित अल–सौसी टावरमा भएको हवाई आक्रमणमा अब्दुल्लाह अबु ताइफ, उनकी गर्भवती पत्नी अबिर अनान र उनीहरूका पाँच वर्षीय छोरा अज्जामको मृत्यु भएको अल–शिफा अस्पतालका चिकित्सकीय स्रोतले जनाएको छ ।

खान युनिस नजिकको अल–करारामा भएको अर्को आक्रमणमा महमुद अल–हाम्स, उनकी पत्नी फातिमा र उनकी सानी छोरीको ज्यान गएको छ । यस घटनामा अन्य तीन जना घाइते भएका छन् ।

मध्य गाजाको देइर अल–बलाहमा कामु अबु मुआइलिक र उनकी पत्नी हुदा अबु मुआइलिक आफ्नै घरमा भएको आक्रमणमा मारिएका छन् । सोही क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेका दुई दाजुभाइको पनि मृत्यु भएको छ ।

उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा एक जना प्यालेस्टिनीको प्रत्यक्ष आक्रमणमा मृत्यु भएको छ । खान युनिसको अल–मवासी क्षेत्रमा विस्थापितहरूको पालमा गरिएको आक्रमणमा एक जनाको मृत्यु तथा पाँच जना घाइते भएका छन् ।

गाजा सहरको रेमाल क्षेत्रमा विस्थापितहरू बसिरहेको पालमा भएको इजरायली ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने अर्को सवारीसाधनलाई लक्षित आक्रमणमा चार जनाले ज्यान गुमाएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार आइतबार बिहानदेखि भएका यी आक्रमणहरूले पछिल्ला केही सातामै सबैभन्दा धेरै दैनिक मानवीय क्षति पु¥याएका छन् । यसअघि शनिबार पनि इजरायली आक्रमणमा देइर अल–बलाहस्थित अल–अक्सा शहीद अस्पतालसँग सम्बन्धित औषधि गोदाममा क्षति पुगेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top