मोरङ प्रहरी प्रमुखविरुद्ध कारबाही प्रक्रिया सुरु, डिआइजी कार्यालयले माग्यो स्पष्टीकरण

विराटनगर — मोरङका प्रहरी प्रमुख कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ। साउन १८ गते व्यवसायी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको घटनाका विषयमा डिआइजी कार्यालयले स्पष्टीकरण सोधेको हो।

Advertisement

नेपाल टाइम्सलाई प्राप्त पत्रअनुसार प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाको हस्ताक्षरमा पठाइएको नौबुँदे स्पष्टीकरणमा व्यवसायी मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना, तथ्य वा विश्वसनीय आधारमा गरिएको हो र उक्त सूचनाको विश्वसनीयता कसरी तथा कसबाट परीक्षण गरिएको थियो भन्ने अभिलेखसहितको विवरण मागिएको छ।

त्यस्तै, ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको वस्तुगत आधार, माथिल्लो निकायको स्वीकृतिको अवस्था तथा खानतलासीअघि आवश्यक कानुनी र कार्यविधिगत प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्नेबारे पनि स्पष्ट पार्न भनिएको छ।

Advertisement

स्पष्टीकरण पत्रमा उक्त अपरेशनबाट के उपलब्धि हासिल भयो भन्ने विषयमा समेत जवाफ मागिएको छ। साथै, ठूलो संख्यामा प्रहरी परिचालनका कारण उद्योगी, व्यापारी तथा सर्वसाधारणमा त्रास सिर्जना भएको र प्रहरी संगठनको व्यावसायिक छविमा असर परेको उल्लेख गर्दै त्यसबारे पनि स्पष्टीकरण दिन निर्देशन दिइएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयले घटनामा सम्बन्धित प्रहरी अधिकारीको जिम्मेवारीसमेत स्पष्ट पार्दै २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top