×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

पावर ट्रान्सफरमर उत्पादनमा नेपाल इकरातकाे फड्काे, अब नेपालमै १० एमभीए

२५ आश्विन २०७५

काठमाडौं,असोज २५
नेपालमा विद्युत प्रवाह गर्न ठुलो क्षमताको (पावर ट्रान्सफरमर) उत्पादन शुरु भएको छ । निजी क्षेत्रको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्राइभेट लिमिटेडले १० एमभीए १३२ केभी क्षमताको पावर ट्रान्सफरमर उत्पादन थालेको हो ।

१० एभीए क्षमताका ट्रान्सफरमर नेपालमा उत्पादन नभएपछि भारतबाट आयात हुँदै आएको छ । पावर ट्रान्सफरमर उत्पादन गरी बिक्री पनि भइसकेको नेपाल इकरातका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए ।

Advertisement
Advertisement

नेपाल इकरातले १० एमभीए पावर ट्रान्सफरमर वार्षिक ४० वटासम्म बनाउने भएको छ । विस्तारै उत्पादन क्षमता बढाउने जोशीले जानकारी दिए । एउटा पावर ट्रान्सफरमरको मूल्य न्युनतम १ करोड ५० लाख रुपैयाँ हुने उनले बताए ।

कम्पनीले वार्षिक २ हजार थान ट्रान्सफरमर उत्पादन गर्दै आएको छ । हालसम्म कम्पनीले ५ एमभीए क्षमताको मात्र ट्रान्सफरमर उत्पादन गर्दै आएको थियो । वार्षिक ६ हजार थान ट्रान्सफरमर उत्पादन हुने गरी क्षमता विस्तार गरिएको जोशीले जानकारी दिए ।

कम्पनीले पहिलो चरणमा माथिल्लो मैलुङखोला जलविद्युत आयोजनालाई ७।९ एमभीए क्षमताको पावर ट्रान्सफरमर आपूर्ति गरेको उनले सुनाए । अर्डर आएपछि मात्र पावर ट्रान्सफरमरको उत्पादन शुरु हुने जोशीले बताए । पावर ट्रान्सफरमर ठुला जलविद्युत आयोजनालाई आवश्यक पर्ने गर्छ ।

भारतलगायत तेस्रो मुलुकबाट वार्षिक औसत २०० वटा पावर ट्रान्फरमर आयात हुने गरेकोमा अब नेपालमा बन्न शुरु गरेकाले विदेशबाट किन्नु पर्ने अवस्थाको अन्त्य हुने जोशी बताउछन् ।

नेपाल इकरातले अझ बढी सुरक्षित ड्राइटाइपको ट्रान्सफरमर बनाउनका लागि स्पेनको आईएमईएफवाइ कम्पनीसँग सहाकार्य गर्न लागेको जोशीले सुनाए । केही समयपछि ड्राइटाइपको ट्रान्सफरमरको नेपालमै उत्पादन थालिने उनले सुनाए ।

पछिल्लो समयमा स्वदेशमा विद्युतीय ट्रान्सफरमरको माग बढ्दै गएको नेपाल इकरातको ट्रान्सफरमर टेलिकम, स्कुल, जलविद्युत आयोजना, सामुदायिक विद्युतीकरण, सिमेन्ट, डण्डी उद्योग, हाउजिङ र अस्पताललगायत बढी बिजुली खपत हुने क्षेत्रमा प्रयोग हुदै आएको छ ।

Advertisement

कम्पनीले विभिन्न क्षमताको ४ हजार ट्रान्सफरमर भुटानमा निर्यात गरेको थियो । त्यहाँ वार्षिक २०० थान ट्रान्सफरमर निर्यात हुने गरेको छ ।(विकास न्युज)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top