लगानी बोर्डको सिइओमा यांकी उक्याब नियुक्त

१९ साउन ८३, बुधबार

काठमाडौं – सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीति विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित सिफारिस समितिले छनोट गरेका तीन उम्मेदवारमध्येबाट मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो।

Advertisement

सिफारिस समितिले यांकी उक्याबसँगै मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य थिए।लगानी बोर्डसँग उक्याबको सम्बन्ध नयाँ होइन। अमेरिकाको मिजोरी विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि उनी बोर्डमा आबद्ध भएकी थिइन्। बोर्डको प्रारम्भिक चरणमै उनले करिब छ वर्ष प्रोजेक्ट फाइनान्सिङको जिम्मेवारी सम्हालेकी थिइन्।

त्यसपछि उनी सार्वजनिक नीतिमा उच्च अध्ययनका लागि बेलायतको अक्सफोर्ड विश्वविद्यालय गइन्। अध्ययनपछि राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा वरिष्ठ सल्लाहकारका रूपमा आबद्ध भई फिजी, कम्बोडियालगायत विभिन्न देशमा विकास नीति र सुशासनसम्बन्धी क्षेत्रमा काम गरेकी छन्।

Advertisement

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको हुने कानुनी व्यवस्था छ। बोर्डको अध्यक्ष प्रधानमन्त्री, उपाध्यक्ष अर्थमन्त्री रहने तथा प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिवको भूमिकामा रहने व्यवस्था छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top