विराटनगर,असोज २५
अग्रवाल समुदायका महाराज अग्रसेन को ५१ सय ४२ औं जन्मजयन्तिको अवसरमा विराटनगरमा शोभायात्रा निकालिएको छ । नेपाल अग्रवालसभा विराटनगरको आयोजनामा शोभायात्रा निकालिएको हो । शोभायात्राले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ ।
स्थानिय अतिथि सदनबाट निकालिएको शोभायात्रा गोल्छामोड,गोश्वारा रोड,शहिद रंगशाला,जलजलारोडबाट मेनरोड हुंदै फेरी अतिथि सदन पुगेको थियो ।
शोभायात्रा र ¥यालीमा अग्रवाल समुदायका महिला,पुरुष तथा बालबालिकाको सहभागिता थियो । अग्रवाल समुदायले महाराजा अग्रसेनलाई आफ्ना कुल प्रवर्तकका रुपमा पुजागर्दै आएका छन ।
अग्रसेन जन्मजयन्तिको अवसरमा शोभायात्रा,सामूहिक गोठप्रसाद र बिशेष सभा लगायतका कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष देवकीनन्दन अग्रवालले जानकारी दिए ।
अग्रवाल समुदायका बंश पिता अग्रसेनले प्रतिपादन गर्नुभएको समाजबाद,सहिष्णुता र अहिंसाबादी बाटोलाई सो समुदायले मार्गदर्शनको रुपमा अनुशरण गर्दै आएको छ ।