ललितपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

२१ साउन ८३, बिहीबार

काठमाडौं– ललितपुरको ग्वार्कोमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहिवार विहान बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। कलंकीबाट कोटेश्वरतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। उनीहरूको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चालकले तीव्र गतिमा बस चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। दुर्घटनालगत्तै चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top