अजित मिजार प्रकरणबारे परिवारसँग मन्त्री बादीको छलफल

२२ साउन ८३, शुक्रबार

काठमाडौं, साउन २२। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण र न्याय प्राप्तिसँग सम्बन्धित विषयमा छलफल गरेकी छन्। काठमाडौंमा भएको भेटका क्रममा मिजारका परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव र न्याय प्राप्तिप्रतिको अपेक्षाबारे मन्त्री बादीलाई जानकारी गराएका थिए।

Advertisement

परिवारका कुरा गम्भीरतापूर्वक सुन्दै मन्त्री बादीले उनीहरूले लामो समयदेखि भोग्दै आएको पीडाप्रति संवेदना व्यक्त गरिन्। न्यायका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था कुनै पनि नागरिकका लागि दुःखद भएको उनले बताइन्।

मन्त्री बादीले पीडित परिवारको आवाज सुन्नु, मानव अधिकारको संरक्षण गर्नु र विधिको शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राज्यको दायित्व भएको उल्लेख गरिन्।

Advertisement

सत्य, न्याय तथा संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको बताउँदै उनले पीडित परिवारका जायज सरोकार सम्बन्धित निकायसम्म पुर्‍याउन आवश्यक समन्वय र पहलमा मन्त्रालय आफ्नो जिम्मेवारीअनुसार सक्रिय रहने प्रतिबद्धता जनाइन्।

मन्त्री बादीले जातीय विभेद, सामाजिक अन्याय तथा कुनै पनि प्रकारका भेदभावविरुद्ध राज्य दृढतापूर्वक उभिनुपर्ने बताउँदै संवैधानिक हकको प्रत्याभूति, समानता र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन्।

Advertisement

अन्तरजातीय विवाह गरेका मिजारकाे २०७३ असार २९ गते काभ्रेको तामाघाट बजारबाट बेपत्ता भएपछि धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा शव फेला गरेकाे थियाे । उनका आफन्तकाे उक्त प्रकरणमा न्यायकाे माग गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top