संसदमा कुर्सी खाली हुन थालेपछि रास्वपाले थाल्यो कडाइ, हाजिरी विश्लेषणको जिम्मा परियार र धिताललाई

२२ साउन ८३, शुक्रबार

काठमाडौं, साउन २२। संसद् बैठकमा सांसदहरूको उपस्थिति न्यून हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडाइ गर्ने भएको छ। संसद् जिम्मेवार ढंगले बहस र विमर्श गर्ने थलो हुनुपर्नेमा बैठकमा हाजिर गरेर बाहिरिने प्रवृत्ति बढेको भन्दै रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्न सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएको छ।

Advertisement

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सचेतकद्वयलाई संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर अध्ययन तथा विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

उनीहरूले कुन सांसद कति दिन संसद् बैठकमा उपस्थित भए, बैठकमा उपस्थितिको अवस्था कस्तो रह्यो लगायतका विषयमा अध्ययन गर्नेछन्।

Advertisement

मुख्य सचेतक बुर्लाकोटीले गरिमामय संसद्लाई कमजोर हुन नदिन र सांसदहरूलाई संसद्को कामकारबाहीप्रति थप जिम्मेवार बनाउन हाजिरी विश्लेषणको प्रक्रिया अघि बढाइएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top