नेपाल टाइम्सको नवौं वार्षिक उत्सव परिवारसँग

२५ साउन ८३, सोमबार

२५ साउन , काठमाण्डौ ।

Advertisement

नेपाल टाइम्स मिडिया प्रा.लि. नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ साउन २४ गते स्थापना भएको नेपाल टाइम्सले पत्रकारिता क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै नवौं वार्षिकोत्सव मनाएको हो।

Advertisement

कोशी प्रदेशको राजधानी विराटनगर र संघीय राजधानी काठमाडौंलाई केन्द्र बनाएर नेपाल टाइम्सले अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत समाचार, समाचारजन्य सामग्री, विश्लेषण, अन्तर्वार्ता लगायतका सामग्री प्रकाशन तथा प्रसारण गर्दै आएको छ।

Advertisement

नवौं वार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेपाल टाइम्स परिवारबीच शुभकामना आदानप्रदानसँगै संस्थाको आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।

 

कार्यक्रममा संस्थापक तथा प्रबन्ध निर्देशक (सैहैन्शा) अब्दुल खत्ताब, सञ्चालक समितिका सदस्य, पत्रकार तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थापक तथा प्रबन्ध निर्देशक खत्ताबले नेपाल टाइम्सले पत्रकारिता पेशाको गरिमालाई अक्षुण्ण राख्दै आगामी दिनमा अझ व्यावसायिक, विश्वसनीय र प्रभावकारी सञ्चारमाध्यमका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संस्थाले नवौं वर्षमा हासिल गरेका उपलब्धि, चुनौती तथा अनुभवको समीक्षा गर्दै दशौं वर्षका लागि तय गरिएका वार्षिक कार्ययोजना, लक्ष्य र संस्थाको भावी रणनीतिबारे छलफल गरिएको थियो।

 

स्थापनाकालदेखि नै नेपाल टाइम्सले आफ्नो अनलाइन पोर्टलमार्फत सामाजिक, आर्थिक, राजनीतिक, अन्तर्राष्ट्रिय तथा मनोरञ्जनलगायत विभिन्न विधाका सत्यतथ्य र निष्पक्ष समाचार पाठकमाझ पु¥याउँदै आएको छ।

यस्तै नेपाल टाइम्सले २०७४ भदौ १७ गतेदेखि अग्रणी अनलाइन टेलिभिजनका रूपमा विराटनगर र काठमाडौं केन्द्रित रहेर समाचार, विश्लेषण, अन्तर्वार्तालगायतका कार्यक्रमसमेत प्रसारण गर्दै आएको छ।

नेपाल टाइम्सले डिजिटल माध्यममा समेत उल्लेख्य सफलता हासिल गरेको छ।

        अन्तर्राष्ट्रिय डिजिटल विश्लेषण संस्था सोसल ब्लेडको विश्लेषणअनुसार नेपाल टाइम्स नेपालमा ‘न्युज एन्ड पोलिटिक्स’ विधाअन्तर्गत धेरै हेरिने सञ्चारमाध्यममध्ये अग्रस्थानमा रहेको छ।

                                                 नेपाल टाइम्सका फेसबुकमा २० लाखभन्दा बढी फलोअर्स रहेका छन् भने युट्युबमा गोल्डेन प्ले बटनसहित १२ लाखभन्दा बढी सब्स्क्राइबर छन्।

 

दशौं वर्षमा प्रवेशसँगै नेपाल टाइम्सले पत्रकारिताको विश्वसनीयता, व्यावसायिकता र डिजिटल उपस्थितिलाई थप सुदृढ गर्दै पाठक तथा दर्शकमाझ अझ प्रभावकारी र गुणस्तरीय सामग्री पु¥याउने लक्ष्य लिएको छ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top