अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना- ‘युवाको ऊर्जा राष्ट्र निर्माणमा रूपान्तरण गरौँ’

२७ साउन ८३, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण युवालाई शुभकामना व्यक्त गर्दै युवाको सक्रिय सहभागिताबिना सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माण सम्भव नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको उल्लेख गरे ।

Advertisement

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् । युवालाई शिक्षा, सीप तथा क्षमता विकाससँगै पर्याप्त रोजगारीका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिँदै प्रचण्डले उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्ने उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गर्दै उनले युवाको क्षमता र ऊर्जालाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिएका छन्

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top