जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक

२७ साउन ८३, बुधबार

काठमाडौं- ग्रेट वाल मोटर (जीडब्लूएम)ले नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले जोलियन म्याक्स सार्वजनिक गरेको हो।

Advertisement

५८.३ किलोवाट–आवर ब्याट्रीसहितको जोलियन म्याक्सले एकपटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ। एसयूभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपाली सडक र दैनिक प्रयोगका लागि उपयुक्त बनाउने कम्पनीको भनाइ छ।

सुरक्षातर्फ जोलियन म्याक्समा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, लेन चेन्ज असिस्ट, इमर्जेन्सी लेन किपिङ, फर्वार्ड कोलिजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, रियर क्रस ट्राफिक वार्निङ र रियर क्रस ट्राफिक ब्रेकिङलगायतका सुविधा छन्। त्यस्तै, ड्राइभर फाटिग मोनिटरिङ र ट्रान्सपरेन्ट अन्डरबडी भ्यु सिस्टम पनि उपलब्ध छ।

Advertisement

इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिनसहित एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, भ्वाइस रिकग्निसन, ब्लुटुथ र ६ वटा स्पिकरको अडियो सिस्टम दिइएको छ। भेरियन्टअनुसार प्यानोरामिक सनरुफ, हिटेड तथा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिक ड्राइभर सिट र एम्बियन्ट लाइटिङलगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। चार्जिङका लागि जोलियन म्याक्सले ६.६ किलोवाटसम्मको एसी चार्जिङ तथा डीसी चार्जिङ सपोर्ट गर्छ। यसमा भेहिकल–टु–लोड (भीटूएल) सुविधा पनि रहेको छ, जसको माध्यमबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।

जीडब्लूएमले नेपालमा करिब एक महिनाअघि मात्रै ‘ओरा–५’ ईभी सार्वजनिक गरेको थियो। छोटो अवधिमै दोस्रो विद्युतीय एसयूभी सार्वजनिक गरेसँगै कम्पनीले नेपाली बजारमा आफ्नो ईभी पोर्टफोलियो विस्तार गरेको छ।कम्पनीका अनुसार नेपाल हाभल जोलियन म्याक्स सार्वजनिक हुने विश्वकै दोस्रो बजार हो। जीडब्लूएम हाल १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको जनाएको छ।

Advertisement

नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि. हो। कम्पनीले आगामी दिनमा प्रिमियम तथा लक्जरी सेग्मेन्टसहित विभिन्न श्रेणीमा थप मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।नाइमा मोबिलिटी एक्स्पोका लागि विशेष सुरुवाती मूल्यमा हाभल जोलियन म्याक्स ५९ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top