पाँच महिनापछि स्वदेश फर्किए देउवा

२८ साउन ८३, बिहीबार

काठमाडाैं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन्। उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। देउवालाई स्वागत गर्न नेता–कार्यकर्ताको ठूलो उपस्थिति रहेको छ। नेताहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत विमानस्थल पुगेका छन्।

Advertisement

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै प्रदर्शनकारीको आक्रमणमा परी देउवा घाइते भएका थिए। थप उपचारका लागि उनी गत चैतमा हङकङ गएका थिए।

बालेन्द्र शाह नेतृत्वको सरकारले देउवामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारहरूले बताएका छन्। उनी विमानस्थल आउने भएपछि बिहानैदेखि पिङ्गलास्थान, गौशाला र सिनामंगल क्षेत्रमा प्रहरीको बाक्लो तैनाथी देखिएको छ।

Advertisement

देउवालाई प्रहरीले पक्राउ गर्छ कि गर्दैन भन्ने विषयमा विभिन्न टिप्पणी भइरहेका छन्।

यसैबीच, कांग्रेसको संस्थापनइतर पक्षले भोलि महाराजगञ्जस्थित एक होटलमा आफ्नो समूहको भेला आयोजना गरेको छ। उक्त समूहको नेतृत्व अहिले शशांक कोइरालाले गरिरहेका छन्। कोइरालाले यसअघि नै उक्त भेलालाई देउवाले सम्बोधन गर्ने बताएका थिए।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top