किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति

२८ साउन ८३, बिहीबार

काठमाडौं– विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी)ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल र निःसर्त रिहा गर्न माग गरेको छ।  बिहीबार केन्याको नैरोबीबाट जारी विज्ञप्तिमा डब्लुएपीसीले गोपनीयतासम्बन्धी कानुन उल्लङ्घनको आरोपमा श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।

Advertisement

श्रेष्ठ डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन्। उनलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरिएको र त्यसको केही घण्टापछि प्रहरीले जनआस्थाको कार्यालयमा छापा मारेको डब्लुएपीसीले जनाएको छ।प्रकाशित सामग्रीसम्बन्धी विवाद कानुनी तथा प्रेस नियमनका स्थापित संयन्त्रमार्फत समाधान गर्नुपर्ने भन्दै डब्लुएपीसीले पत्रकारिताकै कारण हिरासतमा राख्नु उपयुक्त नभएको बताएको छ।

संघले श्रेष्ठको अनुसन्धान पारदर्शी र निष्पक्ष बनाउन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र पत्रकारलाई सम्पादकीय कामकै आधारमा अनावश्यक दबाब वा हिरासतमा नराख्न नेपाल सरकारसँग आग्रह गरेको छ।

Advertisement

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top