सङ्गीत साधक राजु केसी सम्मानित

३ भदौ ८३, बुधबार

काठमाडौँ। सङ्गीत साधक राजु केसी सम्मानित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले वरिष्ठ सङ्गीत साधक राजु केसीलाई ‘सङ्गीतकार विशेष सम्मान २०८३’ प्रदान गरेका हुन् ।

Advertisement

मङ्गलबार आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका सचेतक परियारले सङ्गीत साधना र सिर्जनामार्फत नेपाली कला तथा संस्कृतिको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै साधक केसीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक परियारले नेपाली सङ्गीत क्षेत्रका साधक तथा स्रष्टाहरूको अधिकार, हकहित र राज्यबाट पाउनुपर्ने उचित सम्मान सुनिश्चित गर्न ऐन–कानुन निर्माण तथा नीतिगत तहमा आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्रष्टा तथा सर्जकका सिर्जनाको संरक्षण र अभिलेखीकरणमा जोड दिँदै कला, संस्कृति र सङ्गीतको समृद्धिबिना समाजको चेतना र विकास पूर्ण हुन नसक्ने बताए ।

Advertisement

सङ्गीतकार सङ्घ नेपालको आयोजनामा सम्पन्न कार्यक्रम सङ्घका अध्यक्ष अष्ट लामाको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रममा सङ्घका पदाधिकारी, सङ्गीतकर्मी तथा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top