काठमाडाैं- अल्टिमा लाइफस्टाइलले आगामी तीजलाई लक्षित गर्दै ‘टेक्की तीज सेल’ घोषणा गरेको छ। अभियानअन्तर्गत छनोट गरिएका अडियो उत्पादनमा ४५ प्रतिशतसम्म छुट तथा फेसन ब्रान्ड औरिभा क्लोजेटसँगको सहकार्यमा थप सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अभियान २१ अगस्टदेखि ५ सेप्टेम्बर २०२६ सम्म अल्टिमा लाइफस्टाइलको आधिकारिक वेबसाइट, दराज, अल्टिमाका आफ्नै स्टोर, खल्ती तथा अन्य आधिकारिक बिक्री माध्यममा सञ्चालन हुनेछ। अभियानअन्तर्गत हालै सार्वजनिक गरिएका अल्टिमा बुमबक्स १३० र अल्टिमा वेभबारसहितका स्पिकरमा ४५ प्रतिशतसम्म छुट दिइनेछ। अल्टिमाका अन्य उत्पादनमा भने ४० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
अल्टिमाले नेपालमा इयरबड्स, स्मार्टवाच, स्पिकर, पावर बैंक र साउन्डबारलगायत उपभोक्ता विद्युतीय सामग्री बिक्री गर्दै आएको छ।अभियानअन्तर्गत अल्टिमाले औरिभा क्लोजेटसँग सहकार्य गरी फेसन उत्पादनमा समेत छुटको व्यवस्था गरेको छ। अभियान अवधिमा आधिकारिक बिक्री माध्यमबाट अल्टिमाको कुनै पनि उत्पादन खरिद गर्ने ग्राहकले औरिभा क्लोजेटका उत्पादनमा थप २५ प्रतिशत छुट पाउनेछन्।

उक्त छुट लिन ग्राहकले पहिले अल्टिमाको उत्पादन खरिद गर्नुपर्नेछ। त्यसपछि औरिभा क्लोजेटको सामाजिक सञ्जालमार्फत आफूले चाहेको उत्पादन छनोट गरी खरिदका लागि सम्पर्क गर्नुपर्नेछ। ग्राहकले अल्टिमाको खरिद बिल प्रमाणका रूपमा बुझाएपछि प्रमाणीकरण गरी २५ प्रतिशत छुटमा उत्पादन घरमै डेलिभरी गरिने कम्पनीले जनाएको छ।‘टेक्की तीज सेल’ सेप्टेम्बर ५ सम्म सञ्चालन हुने र छुट तथा अन्य सुविधा उत्पादनको उपलब्धतामा निर्भर रहने कम्पनीले जनाएको छ।



