काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन्। बिहिवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरीका स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्नुपर्ने बताए। १५ दिनभित्र मागिएको खरिदसम्बन्धी कागजात नआएको भन्दै उनले सोहीबीच प्रहरीले करोडौँ रुपैयाँको टेन्डर आह्वान गरेको दाबी गरे।
आफूमाथि मानमर्दनको आरोप लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिँदै उनले सार्वभौम संसदीय समितिमा आएर जुहारी खेल्न नमिल्ने बताए। उनकाे चुनाैती प्रहरी प्रमुख दानबहादुर कार्की माथि थियाे ।
हिजाे मात्रै सभापति रवि लामिछानेले सांसदहरूकाे मर्यादा सिकाउँदै सबै सांसदलाइ सम्झाएका थिए ।




