गरिमा माथिको कहालिलाग्दो कुकृत्यको बयान भिडियो, थप एक पक्राउ

८ भदौ, काठमाण्डौ ।

Advertisement

बारामा ३ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनापछि सिंगो देश अझै शोकमा छ । सडकमा न्याय र त्यस्ता अपराधीहरुलाई मृत्युदण्ड नै दिनुपर्ने आवाज उठिरहेका छन् । गरिमामा आमाबुबा सँग सरकारले कानुन नै संशोधन गर्ने गरी ३ बुँदे सहमति त गरेको छ तर अझै उनीहरु काखमा खेल्ने छोरीको सम्झनामा अर्धमुक्र्षित अवस्थामा छन् ।

यस्तो बेला घटनाका मुख्य अभियुक्त जसले घटनाको इतिबृतान्त बताउदै योजनासहित अपराध स्वीकार गरेका छन् । उनीसँग त्यो कहालिलाग्दो घटनाको सविस्तार बयान लिएको भिडियो सार्वजिनक भएको छ। भिडियोमा आरोपी युवाले सुनाएका धेरै कुराहरु सुन्नै नसकिने खालका रहेका छन् ।

Advertisement

भिडियो सार्वजनिक भएपछि स्वभाविक रुपमा यसले तरङ ल्याएको छ भने न्यायिक निरुपणले अन्तिम किनारा नलागिसकेको अवस्थामा प्रहरीकै रोहबरमा खिचेको भिडियो सार्वजनिक भएकोमा आपत्ति समेत प्रकरण गरिएको छ। समाज आक्रोशित छ र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग भइरहेको छ ।

तर, यही संवेदनशील घटनाको भिडियो बाहिरिएपछि हाम्रो कानुनी राज्य, प्रहरीको मर्यादा र चिकित्सकहरूको नैतिकतामाथि नै ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ । यसैबीच भिडियो बयान सार्वजनिक भएसँगै आरोपीले बयानमा उल्लेख गरेका ब्यक्ति पनि पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिकाका प्रदीप खड्का हुन् । यसअघि पक्राउ परेका बालक प्रोग्रेसको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक भिडिओमा प्रोग्रेसले घटनामा प्रदीप पनि संलग्न रहेको बताएका छन् । प्रदीपकै योजनामा सबै घटना घटाइएको भिडिओ प्रोग्रेसले स्वीकारेका छन् ।

भिडियोमा दुई प्रहरी उभिएर भिडिओ खिचिरहेका छन् । बर्दीधारी एक प्रहरी हतियारसहित देखिन्छन् । किशोर घटनाको इतिवृत्तान्त बताइरहेका छन् । सँगै रहेका एक प्रहरी अभियुक्तलाई घटनाबारे थप बताउन भनिरहेका छन् ।सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो सबै भएको उनको दाबी छ ।

आरोपी किशोरलाई पक्राउपछि मेडिकल चेकअपका लागि कलैया अस्पताल लगिएको थियो । अस्पतालभित्र डाक्टर नभएको बेला आरोपी किशोरसँग अनौपचारिकरुपमा कसैले सोधपुछ गरेर भिडिओ बनाइएको स्रोतले बतायो ।

बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार, यो भिडियो कुनै सञ्चारमाध्यमले नभइ जब ती किशोरलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो तब खिचिएको थियो । अस्पतालमा जाँच गर्ने डाक्टरहरूले नै उनलाई ती प्रश्नहरू सोधेका थिए र भिडियो रेकर्ड गरेका थिए ।

बालकले सुरुमै आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको बताउँछन् । सिमरा बस्ने प्रदीपलाई आफूले गाडीमा लिएर आएको र उसकै योजनाअनुसार बालिकालाई चकलेट दिएर लगेको उनको भनाइ छ । उनले भनेका छन्, ‘बच्चाहरू खेलिराख्या थिए । त्यो प्रदीप पनि त्यहीँ थियो । तिनीहरूले हेरिराथ्यो । म चकलेट किनेर आएँ अनि चकलेटको लालच दिएर एउटा घरमा लिएर गएँ त्यसलाई । त्यो घर कसको हो थाहा छैन ।’

बालिकासँग दुवैजनाले पालैपालो आपराधिक हर्कत गरेको आरोपी किशोरले सुनाएका छन् । बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ । आफूले बालिकालाई त्यही घरमा रहेको डोरीले बाँधेर तन्नामा बेरेको अनि ढोकामा चुकुल लगाएर हिँडेको उनले बताएका छन् ।

यो भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको मुख्यालयसम्म तरङ्ग पैदा भएको छ । नेपाल प्रहरीको स्थापित अनुसन्धान प्रोटोकलअनुसार संवेदनशील मुद्दामा पक्राउ परेका व्यक्ति, विशेष गरी नाबालिग वा जघन्य अपराधका अभियुक्तलाई सार्वजनिक गर्दा उनीहरूको अनुहारमा मास्क वा ढकनी लगाउने गरिन्छ ।

अनुधानका क्रममा लिइएका अडियो, भिडियो वा बयानहरू प्रहरीले सामाजिक सञ्जालमा बाहिर ल्याउन पूर्णतया मनाही छ । अनुसन्धानका क्रममा लिइएका बयानहरू प्रमाणका रूपमा अदालतमा पेश गरिन्छ, फेसबुक वा टिकटकमा होइन । अहिले मधेश प्रदेश प्रहरी प्रमुख र हेडक्वार्टरले एउटा टोली बनाएर यो लापरवाही कसरी भयो भन्नेबारे छानबिन गरिरहेको छ ।

यो भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले आफ्ना तर्फबाट त्रुटि भएको स्वीकार गरेको छ । नेपाल प्रहरीका प्रवक्ता (प्रहरी नायव महानिरीक्षक) अबि नारायण काफ्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै यो घटनाले प्रहरीको अनुसन्धान प्रोटोकलको गम्भीर उल्लङ्घन गरेको स्पष्ट पारेका छन् ।

उनी भन्छन्– “यस्तो भिडियो सार्वजनिक गर्न मिल्दै मिल्दैन। यो हाम्रो प्रोटोकलको उल्लङ्घन हो ।” प्रहरी हेडक्वार्टरले यस विषयलाई गम्भीरतापूर्वक लिँदै मधेश प्रदेश प्रहरी प्रमुखमार्फत जिल्लामा बुझ्ने काम सुरु गरिसकेको छ भने अनुसन्धानका लागि छुट्टै टोलीसमेत गठन गरेको छ।

ड्युटीमा रहेका प्रहरी अधिकारीहरूको रोहबरमै यसरी भिडियो खिचिनु र भाइरल हुनुले अनुसन्धान टोलीको सुरक्षा र नियमनमाथि पनि समीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । आरोपीले भने जस्तो प्रहरीले अहिलेसम्म यो घटनामा प्रदीप खड्का नाम लिएको थिएन । पक्राउ पर्ने दोस्रो व्यक्ति प्रोग्रेस चौधरी हुन् ।

आरोपी बालकले नाम लिएका प्रदीपबारे व्यापक चासो उत्पन्न भएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । बारा जितपुर उपमहानगरपालिका–१ बाट साउन ३१ गतेदेखि हराइरहेकी तीन वर्षीया गरिमा चौधरी चार दिनपछि बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन ।

सरकारसँग तीन बुँदे सहमति गरेर फर्किएका उनीहरूले छोरीको अन्त्येष्टि गरेका छन् । प्रहरीले पक्राउ परेका किशोरमाथि अनुसन्धान गरिरहेको छ । घटनाको सत्यतथ्य बाहिर आइसकेको छैन । बलात्कारजस्तो जघन्य अपराध, त्यसले पार्ने सामाजिक प्रभाव र विषयको संवेदनशीलताको ख्याल नगरी बयानको भिडिओ बाहिर ल्याइएको भन्दै अहिले आलोचना भइरहेको छ ।

हिरासतमा रहेका व्यक्तिका घटनाको बयान दर्शाउने भिडिओ बाहिर ल्याइएको भन्दै प्रहरी अनुसन्धान, अनुन्धानको विश्वसनीयता, घटनाप्रति अनुसन्धानकर्मीको संवेदनशीलता र न्याय सम्पादनमाथि प्रश्न उठिराखेको छ । प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले पनि प्रश्न उठाएका छन् ।

बलात्कार आरोपित किशोरको बयान बलात्कार र हत्या जस्तो गम्भीर अपराधको अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेको अवस्थामा अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक रहे पनि त्यसको भिडिओ नै सार्वजनिक गरिएकोप्रति उनले आपत्ति प्रकट गरेका हुन् ।

‘बलात्कार आरोपित किशोरको बयान बलात्कार र हत्या जस्तो गम्भीर अपराधको अनुसन्धान र कानुनी प्रक्रिया चलिरहेको छ भने अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक हो । सत्य बाहिर आउनुपर्छ, दोषीले कानुनअनुसार सजाय पाउनुपर्छ । तर अदालतले फैसला नगर्दै नाबालकको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायको प्रक्रिया होइन,’ उनले भनेका छन् ।

पीडित परिवारको संवेदनशीलतामा दख्खल दिने गरी अहिले भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ । जसले जो कसैलाई ट्रिगर गर्न सक्छ । पीडा दिन सक्छ । १८ वर्ष उमेर पूरा गरिनसकेका अभियुक्तको पहिचान नखुलाउन बालबालिकासम्बन्धी ऐन–२०७५ ले नै व्यवस्था गरेको छ ।

उक्त कानुनी व्यवस्थालाई चुनौती दिने गरी सेयर गरिएकाप्रति पनि श्रेष्ठले प्रश्न उठाएका छन् । ‘हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन– पीडितको पीडा ‘कन्टेन्ट’ होइन । अभियुक्तको बयान ‘भाइरल सामग्री’ होइन। न्याय चाहिन्छ, तर न्यायको बाटोबाट। सत्य चाहिन्छ, तर संवेदनशीलतासहित । समाचार चाहिन्छ, तर मानवीय मर्यादा जोगाएर,’ उनले भनेका छन् ।

साउन ३१ गते बिहान साढे ८ बजे जितपुर सिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा एकाएक घरबाटै सम्पर्कविहीन भएकी थिइन । घरमा रहेकी आमाले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराइन् । मजदुरी गर्न गएका श्रीमानलाई पनि फोन गरिन् ।

प्रहरीले घटना सामान्य ठानेर खोज्छु भन्दै उनलाई जवाफ फर्कायो ।अनि भोलिपल्ट मात्रै प्रहरीले खोजी सुरु गर्यो । मंगलबार तेस्रो दिन बालिकाको घरबाट अन्दाजी २ सय मिटर दुरीमा रहेको मान्छेको बसोबास नरहेको एक घरबाट गन्ध आउन थालेपछि थाह प्रहरीले उक्त घरमा खानतलासी गर्यो । त्यही बालिकाको शव फेला पर्यो ।

बालिकाको शव फेला परेपछि तालिम प्राप्त कुकुरको संकेत मिलेपछि सँगै खोजीमा रहेका ती किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लियो । उनले आफुले चकलेटबाट बालिकालाई लोभ्याउँदै बलात्कार र हत्या गरेको सहजै स्वीकार गरे । ती किशोरको बयानले म्याजिक सवारीधनी तथा बालिकाकी छिमेकी २४ वर्षीय प्रोग्रेश चौधरीलाई पक्राउ गर्यो । प्र

हरीले अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । ती किशोर म्याजिकका सहचालक हुन् भने प्रोगेश चालकसँगै सवारीधनी हुन् ।घटनापछि मृतकका आफन्तले बालिकाको ज्यान जोगाउन प्रहरीले खोजीमा ढिलाइ गरेको, बालिकाका परिवारले न्याय पाउनुपर्ने, अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्ने भन्दै तीन दिनदेखि वीरगन्ज–पथलैया सडक अवरुद्ध गरेर आन्दोलित भए ।

हिजोसम्म उनीहरूले शव पनि बुझेनन् । बारासँगै रौतहट , काठमाडौं, विराटनगरसहितका शहरहरुमा पनि प्रदर्शन भएका छन् । प्रर्दशनकारीहरुले मृत्युदण्डको सजायको व्यवस्था गर्न माग गरेका छन् । तर गृहमन्त्रीले यस्तो सजायको व्यवस्थागर्न नसकिने बताइसकेका छन् ।

सडकमा अझै पनि न्याय र कडा कानूनको माग गर्दै प्रर्दशन भइरहेका छन् । यही बेला आरोपी मध्येका एकको बयान जस्तो देखिने भिडियो नै सार्वजनिक भएको छ भने बयानमा उल्लेख गरिएका प्रदीप खड्का पक्राउ परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top