भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने

२६ भदौ ८३, शुक्रबार
Share this
734shares

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ।

Advertisement

बाढीबाट विद्यालय भवनसँगै शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिसमेत नष्ट भएका छन्। बाढीपछि त्यस क्षेत्रमा ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।विद्यालय संरचनाको पुनर्निर्माण तथा पठनपाठन सहज बनाउन तत्काल १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि भने २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ।

सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। सरकारको आग्रहमा नेपालका निजी विद्यालयका पाँचवटा संस्थाले पनि बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बाढीबाट प्रभावित भई विभिन्न स्थानमा बसिरहेका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न उनीहरूलाई पायक पर्ने विद्यालयमै अध्ययनको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहले सहजीकरण गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top