चिलिमेबाट ६ जनाको जिवितै उद्धार अन्तिम चरणमा, ९०९ जना अझै बेपत्ता

२९ भदौ ८३, सोमबार
Share this
791shares

२९ भदौ , काठमाण्डौ ।
भोटेकोशीको बाढीपछि ६ जना फसेको भनिएको चिलिमे जलविद्युत आयोजनामा रातभर काम भएस्को छ । सुरुङस्थलमा खटिएका प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले जानकारी दिए अनुशार गएको रात सुरुङ भित्र रहेका ठूला ढुंगाहरू हटाउने कार्य चुनौतीपूर्ण बनेको छ । साथै सुरुङ भित्रबाट पानी समेत आएको उनले बताएका छन् ।

Advertisement

न्यौपानेले भनेका छन्, आजको रातिको सिफ्टमा सुरुङ भित्र रहेका ठूला ढुंगाहरू हटाउने कार्य चुनौतीपूर्ण रह्यो। साथै, सुरुङ भित्रबाट पानी समेत आएकोले पानी व्यवस्थापनका लागिवाटरिङ कार्य सुरु गरिएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीले विभिन्नन १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन रहेका छन्।

बाढीपछि ती आयोजनाका सुरुङहरुमा निरन्तर खोजी र उद्धार कार्यजारी छ । बाढीबाट आयोजना संरचनामा क्षति पुग्नुका साथै ठूलो संख्यामा आयोजना क्षेत्रमा कार्यरत व्यक्ति सम्पर्कविहीन भएको विवरण सार्वजनिक गरिएको छ ।
रसुवामा बाढीबाट माथिल्लो त्रिशूली–१ र रसुवागढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ ।

Advertisement

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ निर्माणाधीन अवस्थामा रहेको आयोजना हो । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्ल्यूईडीसी) प्रवद्र्धक रहेको यस आयोजनामा ५३८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । ८७८ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा रहेको आयोजना हो । रसुवागढी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको यस आयोजनामा ९३ जना सम्पर्कविहीन भएका थिए भने ७ जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ।

Advertisement

विपद् प्रभावित विभिन्न क्षेत्रहरूमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आइतबार साँझ साढे ६ बजेसम्मको विवरण अनुसार सेनाले हवाई साधनमार्फत विभिन्न भोटेकोशी बाढी प्रभावित इलाकाहरूबाट हालसम्म कुल ४ हजार १ सय ५७ जनाको सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरूमा ३ हजार ८ सय ७४ जना स्वदेशी तथा २ सय ८३ जना विदेशी नागरिक रहेका छन् । विशेषगरी रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा स्वदेशी तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ ।

‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । लाङटाङमा संयुक्त टोलीले सुरुङभित्र ड्रोन परिचालन गरी खोजी गरे तापनि हालसम्म केही फेला पर्न सकेको छैन । बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ।

बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुषका छन्। ३३६ शव महिलाका छन्। ५१४ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ।

जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए। बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ।

भोटेकोसी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन्।
विद्युत आयोजनातर्फ चिलिमे सुरुङभित्र जम्मा भएको लेदो र गेग्रान (डेब्रिज) हटाउन एक्साभेटर र डोजर प्रयोग गरिएको छ ।

हालसम्म करिब ८५ मिटर सफा गरिएको छ भने खोला वारपार गर्न नजिकै तुइन जडान कार्य भइरहेको छ । माथिल्लो त्रिशूली–१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरू संयुक्त रूपमा खोजीमा जुटेका छन् । त्रिशूली–३ ‘ए’ पावरहाउस तथा सुरुङ इलाकामा टोलीले खोजी कार्य जारी राखेको छ ।

त्रिशूली–३ ‘बी’ मा तीन वटा एक्साभेटर र एउटा ब्याकहो लोडरको सहायताले उत्खनन गर्दै आवास गृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाइएको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) का प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन् ।

टोलीले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य उपचार प्रदान गरिरहेको छ । भोटेकोशीले ऊर्जा क्षेत्रमा डेढ खर्ब रुपैयाँभन्दा बढीको क्षति पु¥याएको अनुमान गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले ऊर्जामा मात्रै डेढ खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालयहरू, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय र प्राविधिक संघसंस्थाहरूको सहकार्यमा उक्त प्रतिवेदन तयार पारिएको हो। यसअनुसार ऊर्जा पूर्वाधारमा भोटेकोशी बाढीले १ खर्ब ३४ अर्ब रुपैयाँ (८८ करोड ९२ लाख डलर) को क्षति पु¥याएको अनुमान छ।

यसमा बाढीले क्षति पु¥याएका उपकरण तथा अन्य वस्तुको प्रतिस्थापन लागत (रिपेल्समेन्ट कस्ट) पनि जोडिएको छ। यसैगरी, बाढीले ऊर्जा क्षेत्रको जलविद्युत् तथा ग्रिडमा १६ अर्ब ३४ करोड रुपैयाँ (१० करोड ७९ लाख डलर) आर्थिक क्षति पुगेको अनुमान छ।

आरडीएनए प्रतिवेदनले क्षतिको मूल्यांकनमा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजना, सबस्टेसन, प्रसारण लाइन, स्वीचयार्ड तथा विद्युत् वितरण पूर्वाधारलाई समेटेको छ। यस्तै, घरपरिवार तथा समुदायस्तरमा प्रयोग भएका नवीकरणीय ऊर्जा प्रविधिको क्षतिको मूल्यांकन पनि गरिएको छ।

भोटेकोशी बाढीले १३ जलविद्युत आयोजनामा क्षति पु¥याएको छ। जसको कुल क्षमता ७५९.०२५ मेगावाट छ। जसमध्ये सात परियोजना बाढीले क्षति पु¥याउनुअघि सञ्चालनमा थिए। जसको क्षमता २५०.४०० मेगावाट थियो। ५०८.६२५ मेगावाटका ६ परियोजना भने निर्माणाधीन थिए।

बाढीले सञ्चालनमा रहेका पाँचवटा सौर्य ऊर्जा प्लान्टमा पनि क्षति पु¥याएको छ। सौर्य ऊर्जा प्लान्टबाट २४.३६० मेगावाट बिजुली उत्पादन भइरहेको थियो। क्षति मूल्यांकन गरिएको जलविद्युत क्षमतामध्ये करिब ६७ प्रतिशत आयोजना निर्माणाधीन थिए।

निर्माणाधीन आयोजनाको क्षमतालाई यसअघि नै विद्युत उत्पादन भइरहेको र सोहीअनुसार उत्पादन गुमेको भनेर गणना गर्न नमिल्ने प्रतिवेदनमा भनिएको छ। त्यस्ता आयोजनाको हकमा आयोजना सम्पन्न गर्ने पूर्वनिर्धारित मिति र वास्तविक निर्माण अवस्थाबीच तुलना गरेर मात्र निर्माण सम्पन्न हुन ढिलाइ हुँदा पर्ने प्रभावको मूल्यांकन गर्नुपर्ने प्रतिवेदनमा लेखिएको छ।

आरडीएनए प्रतिवेदनअनुसार जलविद्युत् क्षेत्रमा मात्रै १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। जुन ऊर्जा क्षेत्रको कुल क्षतिको ८९.१ प्रतिशत हो। बाँकी क्षति सौर्य ऊर्जा आयोजना तथा विद्युत् प्रसारण, स्विचिङ र वितरणका लागि चाहिने पूर्वाधारमा परेको छ।

सौर्य ऊर्जा प्लान्टमा ४ करोड ७२ लाख रुपैयाँ, प्रसारण लाइनमा ३ करोड ४६ लाख रुपैयाँ, सबस्टेसनमा ३ करोड ३७ लाख रुपैयाँ, वितरण लाइनमा १ करोड ६२ लाख रुपैयाँ र स्वीचयार्डमा १ करोड ५५ लाख रुपैयाँ क्षति पुगेको अनुमान छ।प्रतिवेदनका अनुसार बाढीले क्षति पु¥याउँदा जलविद्युत आयोजनाबाट २ हजार ५२० गिगावाट घण्टा र सौर्य ऊर्जाबाट २१०.४८ गिगावाट घण्टा विद्युत् उत्पादनमा नोक्सानी भएको जनाएको छ।

जलविद्युततर्फ १४ अर्ब ८२ करोड रुपैयाँ र सौर्य ऊर्जातर्फ १ अर्ब २३ करोड रुपैयाँ गरेर कुल नोक्सानीको मूल्य १६ अर्ब ५ करोड रुपैयाँ छ। यसबाहेक रोयल्टी शीर्षकमा २८ करोड ८५ लाख रुपैयाँ नोक्सानी भएको छ। आरडीएनए प्रतिवेदनले बाढीबाट क्षति पुगेको ऊर्जा क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि कुल ३ खर्ब ९० अर्ब रुपैयाँ (२ अर्ब ५७ करोड डलर डलर) आवश्यक पर्ने अनुमान गरिएको छ।

तत्काल पुनर्निर्माण तथा पुनस्थापनाका (अर्ली रिकभरी ०–६ महिना) लागि १ अर्ब ५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। तत्काल गर्नुपर्ने पुनर्निर्माणको कार्ययोजनाअन्तर्गत प्रसारण प्रणालीको पुनःस्थापनाका लागि ५० करोड रुपैयाँ, सबस्टेसनका लागि ४० करोड रुपैयाँ, वितरण प्रणालीका लागि १० करोड रुपैयाँ र लघु जलविद्युत आयोजनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top