भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले

३० भदौ ८३, मंगलबार
Share this
726shares

३० भदौ, काठमाण्डौ ।

Advertisement

अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने ।

भोटेकोशी बाढीपछि प्रभावित संरचनाको पुनर्निर्माण तथा नेपाल–भारतबीचका विविध आर्थिक विषयमा छलफल गर्न मन्त्री वाग्ले भारत जान लागेको जानकारी ।

Advertisement

अर्थमन्त्री असोज २ र ३ गते भारतमा रहने कार्यक्रम । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने ।

भेटमा बाढी तथा प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक सहयोग तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा ।

Advertisement

हालैको बाढी तथा पहिरोबाट नेपालका विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि पुनर्निर्माण र पुनःस्थापनाको विषय सरकारको प्राथमिकतामा ।

यस्तो अवस्थामा अर्थमन्त्रीको भारत भ्रमणलाई आर्थिक तथा पुनर्निर्माण सहयोग जुटाउने दृष्टिले महत्वपूर्ण रूपमा हेरिदै ।

भारतमा विविध विषयमा छलफल हुने अर्थमन्त्रीको संक्षिप्त प्रतिक्रिया ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top