काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत पोखरेलले ग्यासजस्तो अत्यावश्यक वस्तुसमेत नागरिकलाई सहज रूपमा उपलब्ध गराउन नसकेको आरोप लगाउँदै सरकारको आलोचना गरेका हुन्।
उनले ग्यास अभावको कमजोरी ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र ‘फेक न्युज’ फैलाउने काम भइरहेको दाबी गरेका छन्। पोखरेलले लेखेका छन्, ‘नागरिकलाई खाना पकाउने ग्यासजस्तो अतिआवश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने, अनि उक्त कमजोरीलाई ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गर्ने? यो नाङ्गो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू?’



