काठमाडौं । बाढीका कारण भासिएको पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ सडक ट्र्याक निर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार करिब ३०० मिटर लामो नयाँ ट्र्याक निर्माण भएसँगै असोज १ गतेदेखि उक्त सडकखण्डमा नियमित सवारी सञ्चालन हुनेछ।
भदौ १४ गते मुख्य सडक भासिएपछि नयाँ ट्र्याक निर्माण थालिएको थियो। निर्माणका क्रममा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माण गरिएको छ। नयाँ ट्र्याक करिब सात मिटर चौडा रहेको छ।



