२ असोज , काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनामा १ किलो ६४३ ग्राम अवैध सुनसहित ४५ जना पक्राउ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साउन १ गतेदेखि भदौ ३१ गतेसम्म बाह्य मुलुकबाट नेपाल आउने यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी र सुरक्षा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।


प्रहरीका अनुसार बरामद सुनको अन्दाजी मूल्य ४ करोड २५ लाख ७३ हजार १८६ रुपैयाँ ।
प्रारम्भिक अनुसन्धानका क्रममा विदेशबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारेर तस्करहरूले सुन नेपाल भित्र्याउने प्रयास गरेको देखिएको कार्यालयको भनाइ ।

यसै अवधिमा भन्सार छली गरी ल्याइएका मोबाइल फोन, ल्यापटप, भेपलगायत विद्युतीय सामग्रीसहित १० जना पनि पक्राउ पर्दा उनीहरूबाट करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री बरामद भएको प्रहरीले दियो जानकारी ।



