२ असोज , काठमाण्डौ ।
नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा इलेक्ट्रोनिक्सले सुनसरीको इटहरीमा आफ्नो १०औँ आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ।


आउटलेटको भव्य उद्घाटन शनिबार, सेप्टेम्बर १९ अर्थात् असोज ३ गते हुने कम्पनीले जनाएको छ।


अडियो तथा वेयरेबल प्रविधिका उत्पादनमा केन्द्रित अल्टिमाले इटहरीमा स्मार्टवाच, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंक लगायतका उत्पादन उपलब्ध गराउनेछ ।

धरान, दमक र जनकपुरमा आउटलेट सञ्चालन गरिसकेको कम्पनीका लागि इटहरी पूर्वी नेपालमा चौथो आउटलेट हो।
१०औँ आउटलेट उद्घाटनको अवसरमा कम्पनीले विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ।
उद्घाटनको दिन इटहरी आउटलेटबाट गितिष्माका कुनै पनि उत्पादन खरिद गर्ने पहिलो १० जना ग्राहकलाई निःशुल्क स्मार्टवाच उपलब्ध गराइने कम्पनीले जनाएको छ।

त्यस्तै, अभियान अवधिभर विभिन्न उत्पादनमा विशेष मूल्य, निश्चित खरिदमा निःशुल्क उपहार तथा नयाँ उत्पादनमा विशेष छुटको व्यवस्था गरिएको छ।
कम्पनीले रु. २० लाख बराबरका पुरस्कार जित्न सकिने Spin the Wheel अभियान समेत सञ्चालन गर्ने जनाएको छ।

साथै, सम्पूर्ण उत्पादनमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ।
कम्पनीका अनुसार विशेष अफरहरू सेप्टेम्बर २६ अर्थात् असोज १० गतेसम्म लागू हुनेछन्।
अफरहरू स्टक तथा सम्बन्धित शर्तअनुसार उपलब्ध हुनेछन् ।
इटहरी आउटलेटको विस्तारसँगै पूर्वी नेपालका ग्राहकलाई अल्टिमाका उत्पादन प्रत्यक्ष रूपमा हेर्न, अनुभव गर्न र खरिद गर्न थप सहज हुने कम्पनीको विश्वास छ।



