स्वास्थ्य बीमाअन्तर्गत जेठमा १ अर्ब ४५ करोडभन्दा बढी भुक्तानी

२ असोज ८३, शुक्रबार
Share this
721shares

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८३ जेठ महिनामा स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्वास्थ्य संस्थाको दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो।

Advertisement

भुक्तानी विवरणमा देशभरका ३८१ स्वास्थ्य संस्था समावेश छन्। तीमध्ये अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्था रहेका छन्। बीमितलाई प्रदान गरिएको स्वास्थ्य सेवाको दाबी प्रक्रिया पूरा भएपछि स्वास्थ्य संस्थालाई सेवा रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top