मोरङका ठूला उद्योगी व्यवसायीले तिरेनन् ५२ करोड

विराटनगर : मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् ।विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ।

उक्त कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो । तर, उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।

लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता, मालपोतमा जग्गा रोक्का राखेको थियो । यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फकुवा गरिएको छ ।,यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top