काठमाडौं, असोज ६ । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी ८१औँ महासभाका क्रममा भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीच बढ्दो मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विषयमा छलफल भएको हो।
भेटमा दुवै पक्षले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुँदै गएकोमा सन्तुष्टि व्यक्त गरेका थिए। साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार र सुदृढ गर्ने उपायबारे छलफल भएको थियो।
मन्त्री खनाल र विदेशमन्त्री रान्जेलले नेपाल–पोर्चुगल सम्बन्धलाई थप गतिशील बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा समेत विचार आदानप्रदान गरेका छन्।




