विद्युत्को भ्याट हटाउने सहमति भएको छैन् ः अर्थमन्त्रीको सचिवालय

६ असोज ८३, मंगलबार
Share this
737shares

६ असोज ,काठमाण्डौ ।

Advertisement

विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सैद्धान्तिक सहमति रहेको भन्ने प्रचारको अर्थमन्त्रीको सचिवालयद्वारा खण्डन ।

अर्थमन्त्रीको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचार गरिएजस्तो अर्थमन्त्री वाग्लेले सोमबार साँझ वा गएको साता भ्याट छुट फिर्ता गर्ने विषयमा कुनै भेटघाट वा छलफल नगरेको स्पष्ट पार्याे ।

Advertisement

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्ने समाचार तथा प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै अहिलेसम्म त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारे ।

सचिवालयका अनुसार विद्युत्को भ्याटसम्बन्धी विषयमा अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा राखेको धारणाअनुसार थप सहजीकरण तथा उपभोक्तालाई राहत दिने विषयमा मातहतका निकायबाट आवश्यक छलफल र अध्ययन भइरहेको उल्लेख ।

Advertisement

सचिवालयले अर्थमन्त्रीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै आधिकारिक निर्णय तथा धारणा सार्वजनिक नभएसम्म यस्ता विषयमा भ्रम सिर्जना हुने गरी प्रचार नगर्नसमेत आग्रह ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top