मासिक ८ हजारले जीवन धान्न मुस्किल भएको भन्दै अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित

६ असोज ८३, मंगलबार
Share this
773shares

काठमाडौं । वर्षौंदेखि अतिरिक्त हुलाक कार्यालयमा सेवा दिँदै आएका झण्डै ५ हजार कर्मचारी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि जिम्मेवारीमा रहे पनि न्यून पारिश्रमिक मात्रै उपलब्ध गराइएको भन्दै उनीहरू सरकारसँग आफ्ना माग पूरा गर्न आग्रह गर्दै आन्दोलित भएका हुन्।

Advertisement

अतिरिक्त हुलाक कर्मचारी संरक्षण मञ्च, नुवाकोटका संयोजक रामराजा पाण्डेले आफूहरूले वर्षौंदेखि काम गर्दै आए पनि हाल मासिक ८ हजार रुपैयाँ मात्रै सुविधा पाउँदै आएको बताए। पछिल्लो समय नियुक्त भएका करारका कर्मचारीलाई तुलनात्मक रूपमा राम्रो सेवा–सुविधा दिइए पनि लामो समयदेखि काम गर्दै आएका अतिरिक्त हुलाक कर्मचारीलाई विभेद गरिएको उनको गुनासो छ।

उनका अनुसार देशभरका अतिरिक्त हुलाक कार्यालयमा ५ हजार ६४ जना कर्मचारी कार्यरत छन्।अतिरिक्त हुलाक कर्मचारीले विगत २० वर्षदेखि आफ्ना माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसमक्ष पनि आफ्ना माग राखिएको पाण्डेले जानकारी दिए।

Advertisement

उनीहरूले सरकारसँग न्यूनतम पारिश्रमिक तथा पोसाक भत्ता उपलब्ध गराउन माग गरेका छन्। त्यस्तै, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउनुपर्ने, समान प्रकृतिको सरकारी जिम्मेवारीमा विभेद गर्न नहुनेलगायत १२ बुँदे माग सञ्चारमन्त्रीसमक्ष राखिएको पाण्डेले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top