’इनफ इज इनफ’ युद्ध अब रोकिनैपर्छ ः महासचिव गुटेरस

७ असोज ८३, बुधबार
Share this
720shares

८ आसोज , काठमाण्डौ ।

Advertisement

मध्यपूर्वमा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको जोड ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै युद्ध रोक्न, मानवीय सहायता निर्बाध रूपमा पु¥याउन र अन्तर्राष्ट्रिय कानुनको पालना सुनिश्चित गर्न विश्व नेताहरूलाई आग्रह ।

Advertisement

गुटेरसले महासभा बैठकबाट स्पष्ट सन्देश दिनुपर्ने भन्दै ‘इनफ इज इनफ’ भनेका छन्।

मध्यपूर्वमा जारी द्वन्द्व घटाउन संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने तथा मानवीय सहायता प्रभावित क्षेत्रमा निर्बाध पुग्ने वातावरण बनाउनुपर्ने साथै, अन्तर्राष्ट्रिय कानुनअनुसार जलमार्गमा आवतजावतको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनस्र्थापित गर्नुपर्नेमा जोड ।

Advertisement

गुटेरसले सबै मुलुक अन्तर्राष्ट्रिय कानुनको दायरामा रहनुपर्ने भन्दै कब्जा गरिएको पश्चिम किनारमा इजरायलका गतिविधि, विस्थापन र बस्ती विस्तारले शान्तिको बाटोमा अवरोध पु¥याइरहेको बताए ।

महासभाको उच्चस्तरीय बहस २२ देखि २८ सेप्टेम्बरमा हुँदैछ, जहाँ विश्वका नेताहरूले शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखिरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top