घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

२८ असोज ७५, सोमबार

सुर्खेत, असोज २८
सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

Advertisement

आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । पक्राउ परेका दुवै जनामाथि विस्तृतमा अनुसन्धान भइरहेको अख्तियार सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top