काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेशराज शर्माको निधन

७ असोज ८३, बुधबार
Share this
668shares

काठमाडाैं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक तथा पूर्वउपकुलपति सुरेशराज शर्माको ८६ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ। काठमाडौंस्थित हेम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

Advertisement

सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्मा नेपालको उच्च तथा प्राविधिक शिक्षाको विस्तार र विकासमा चार दशकभन्दा लामो समय सक्रिय थिए। उनले काठमाडौं विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापनामा अग्रणी भूमिका खेलेका थिए।शर्मा स्थापनाकालदेखि २१ वर्षसम्म काठमाडौं विश्वविद्यालयको नेतृत्वमा रहे। उनी सन् १९९१ मा स्थापना भएको केयूका संस्थापक उपकुलपति थिए र सन् २०१२ सम्म उपकुलपति रहे। सीटीईभीटी स्थापनापछि उनी त्यसका पहिलो कार्यकारी निर्देशकसमेत बनेका थिए।

शर्मा पछिल्लो समय पनि नेपालको शिक्षा सुधारका विषयमा सक्रिय थिए। उनको शव बिहीबार बिहान केयूको व्यवस्थापन संकायको कार्यालय, हात्तीवनमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top