यूएन महासभामा बालेनको चस्माबारे न्यूयोर्क टाइम्सले लेख्यो

९ असोज ८३, शुक्रबार
Share this
717shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा लगाएको कालो चस्माबारे अमेरिकी अखबार न्यूयोर्क टाइम्सले चर्चा गरेको छ। महासभामा शुक्रवार बिहान सम्बोधन गर्दा शाह कालो सुट, नेपाली टोपी र आफ्नो पहिचान बनिसकेको कालो चस्मामा देखिएका थिए। महासभामा उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता कम विकसित मुलुकले भोगिरहेका संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

Advertisement

न्यूयोर्क टाइम्सले शाह सार्वजनिक कार्यक्रममा प्रायः कालो चस्मामै देखिने गरेको उल्लेख गर्दै यो उनको सार्वजनिक पहिचानको एउटा हिस्सा बनेको जनाएको छ। क्यामेरा र विदेशी राजदूतसँगको भेटमा चस्मा लगाउने शाहले मन्त्रिपरिषद् बैठक र निजी छलफलमा भने चस्मा फुकाल्ने गरेको द काठमाडौँ पोस्टलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ। शाहले र्‍यापरका रूपमा सक्रिय हुँदादेखि नै कालो चस्मा लगाउँदै आएको र काठमाडौं महानगरपालिकाको मेयर तथा त्यसपछि प्रधानमन्त्री बनेपछि पनि उनको यो शैली कायम रहेको न्यूयोर्क टाइम्सले जनाएको छ। अहिले उनको शैलीसँग मिल्दोजुल्दो चस्मा नेपाली अनलाइन बजारमा समेत बिक्रीका लागि राखिन थालेको समाचारमा उल्लेख छ।

यद्यपि, केही विशेष अवसरमा भने शाहले चस्मा फुकाल्ने गरेकाे, दक्षिणी नेपालमा भएको साम्प्रदायिक झडपपछि शान्तिको अपिल गर्दा तथा हिमाली बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा उनी चस्माबिना देखिएकाे समाचारमा उल्लेख छ।

Advertisement

समाचारमा संसदमा कालाेचस्मा लगाउन नपाइनेदेखि  प्रधानमन्त्रीको कार्यालयले चिकित्सकको सल्लाहअनुसार तेज प्रकाशबाट आँखालाई जोगाउन शाहले चस्मा लगाउने गरेको विषयसमेत जाेडिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top