×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

२९ आश्विन २०७५

काठमाडौँ : ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।

Advertisement

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे ।

रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो । दुई देशबच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो ।

त्यस्तै, सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेति ‘गोरे’ का भाई रमेश उप्रेतिलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । उप्रेति पनि दुबईमा पक्राउ परिसकेका छन् ।

Advertisement

उता, सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।यसअघि नेपालले गोरेसहित १३ जनाबिरुद्ध रेड नोटिस जारी गरेको थियो ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top