११ असोज , काठमाण्डौ ।
देशभर आज पनि अधिकांश स्थानमा बदली रही वर्षाको सम्भावना ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भू–भागका अधिकांश स्थानमा वर्षा हुने अनुमान ।
कर्णालीका पहाडी भू–भागका अधिकांश स्थान तथा मधेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने तथा सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका केही स्थानमा समेत वर्षाको सम्भावना ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने ।
गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ भने मधेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय प्रणाली भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेकाले वर्षाको गतिविधि बढेको तथा प्रणाली आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने अनुमान छ



