होन्डाले ल्यायो चाडपर्व लक्षित ‘यो दसैं, आशाको सुरुवात’ योजना

१३ असोज ८३, मंगलबार
Share this
714shares

१३ असोज , काठमाण्डौ ।

Advertisement

ठूला चाडहरू दसैं, तिहार तथा छठ पर्वका अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप) ले आफ्ना ग्राहकका लागि ‘यो दसैं, आशाको सुरुवात’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ ।

चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यसाथ ल्याइएको यस योजना अन्तर्गत ग्राहकले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपन मार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

Advertisement

यस योजनाको सबैभन्दा विशेष र महत्त्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ । कम्पनीले ‘होन्डा छ साथसाथ’ अफर मार्फत हरेक साता ७ वटै प्रदेशबाट १÷१ जना गरी ७ भाग्यशाली विजेता छनोट गर्ने छ, जसमा उनीहरूले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् ।

यस अन्तर्गत विजेता आफूले जितेको रकम प्राप्त गर्नेछन् भने होन्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने छ । यसरी यस अफरले ग्राहकलाई पुरस्कार जित्ने अवसरका साथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष जोडिने अवसर समेत प्रदान गरेको छ ।

Advertisement

यसका साथै ग्राहकको थप सुविधा र सन्तुष्टि ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजना पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीन विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् ।

यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा ७ वर्षका लागि निःशुल्क सर्भिसिङ वा ५ वर्षका लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन् ।

नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रूपले थप सहज र पहुँचयोग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरका रूपमा रहेको स्याकार हायर पर्चेज प्रालिमार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ ।

चाडपर्वको खुसीसँगै समाज र देशप्रतिको उत्तरदायित्व पनि बहन गर्दै ल्याइएको ‘यो दसैं, आशाको सुरुवात’ योजनाले ग्राहकको जीवनमा सकारात्मक ऊर्जा थप्ने विश्वास कम्पनीले लिएको छ । यस योजना अन्तर्गत होन्डा टु–ह्विलर खरिद गर्दा नियम तथा सर्त लागू हुने स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top