जबरालाई जेन–जीबाट थ्रेट आएको होइन : सरकार

१३ असोज ८३, मंगलबार
Share this
675shares

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेन–जीबाट कुनै थ्रेट नआएको बताएका छन्। मंगलबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले कुनै अपरिचित व्यक्तिबाट सन्देश आएको जानकारी पाएपछि जबरालाई तत्काल सुरक्षित स्थानमा लगिएको बताए।

Advertisement

पोखरेलले प्रहरीले जबरालाई पक्राउ नगरेको, रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको दाबी गरे। सञ्चारमाध्यममा ‘पक्राउ’ भन्ने शब्द प्रयोग भए पनि प्रहरी वा सरकारका कुनै पनि अधिकारीले जेन–जीबाट सुरक्षा चुनौती आएको वा प्रहरीले जबरालाई पक्राउ गरेको नभनेको उनले स्पष्ट पारे। ‘सुरुमा थ्रेट आइसकेको सूचना आएको हुँदा पहिले सुरक्षित स्थानमा लगिएको हो। पछि परिवारबाट सुरक्षा माग गरिएको कुरा त आइ नै हालेको छ,’ उनले भने।

गत शनिबार पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको थियो। उनलाई नियन्त्रणमा लिएपछि प्रहरीले सार्वजनिक रूपमा जेन–जीबाट थ्रेट आएको र त्यसैका आधारमा सुरक्षा दिइएको बताएको थियो। तर, अहिले सरकारले भने प्रहरीकै भनाइसँग फरक धारणा सार्वजनिक गरेको छ।जबरालाई नियन्त्रणमा लिएपछि सरकारको चौतर्फी आलोचना भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगलाई समेत जबरासँग भेट्न नदिएको भन्दै आयोगले प्रहरीको व्यवहारप्रति आपत्ति जनाएको थियो। आयोगले घटनासँग सम्बन्धित केही उच्च अधिकारीलाई बोलाएर बयानसमेत लिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top